Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने : सुरेन्द्र पाण्डे

एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने : सुरेन्द्र पाण्डे

  • 639
    SHARES

  • एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने  : सुरेन्द्र पाण्डे

    बुटवल,चैत्र ७ ।

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले समग्र चुनावी समीक्षा गरेर कार्यशैली परिवर्तन गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्। बुटवल आएका नेता पाण्डेले एमालेले कार्यशैली नसुधारे अर्को चुनावमा स्कुटरमा अट्ने सीट जित्ने टिप्पणी गरे।

    उनले भने, ‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्‍यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३/४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ।’

    उनले कमजोरीप्रति निर्मम बन्नसक्नुपर्ने बताए। उनले भने, ‘कमजोरीप्रति निर्मम बनेपछि मात्रै हामीले सही बाटो पहिल्याउन सक्छौँ। अन्यथा सामूहिक मलामी जाने दिन आउँछ, हेर्दाहेर्दै। सत्यको अन्तिम बिन्दुसम्म यात्रा तय गरेर मात्रै जानुपर्छ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology