बुटवल,माघ २२-
साताको पाँचौ दिन बिहिबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ।
बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै महासंघले आजका लागि तेजावी सुनको मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले गिरावट आएको छ। बुधवार प्रतितोला चाँदी १ हजार ३ सय २० रहेको थियो।
आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)