Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु पुष्टि ,२ हजार ५ सय ४४ वटा पंक्षी नष्ट

काठमाडौंको तारकेश्वरमा बर्डफ्लु पुष्टि ,२ हजार ५ सय ४४ वटा पंक्षी नष्ट

  • 3.0K
    SHARES

  • काठमाडौंको तारकेश्वरमा बर्डफ्लु पुष्टि ,२ हजार ५ सय ४४ वटा पंक्षी नष्ट

    बुटवल,माघ १८-

    काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका-७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि भएको हो ।

    फुटुङका स्थानीय कृषकले पालेका पक्षीमा बर्डफ्लु पुष्टि भएपछि संक्रमण अन्य क्षेत्रमा फैलिन नदिनका लागि शनिबार पशु चिकित्सक तथा प्राविधिकको टोलीले २ हजार ५ सय ४४ वटा पक्षी नष्ट गरेका विभागले जनाएको छ ।

    विभागका अनुसार १ हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा र २५ टर्की नष्ट गरिएको हो । त्यस्तै, ५ सय ४२ वटा अन्डा र ७५ केजी दानासमेत नष्ट गरी सो क्षेत्रलाई निःसंक्रमण गरिएको छ ।

    एक महिनाअघि भारतमा बर्डफ्लु देखिएपछि सरकारले भारतबाट कुनै पनि पक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाएको थियो । नेपालमा पनि बर्डफ्लुको जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    पंक्षी तथा पंक्षीजन्य उत्पानको ओसारपसार गर्द अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन र फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्ने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन विभागले भनेको छ ।bird flu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology