Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ,प्रबिधीमैत्री अटोमोबाइल्सको प्रयाेग बढाउनुपर्छ : मन्त्री गिरी

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ,प्रबिधीमैत्री अटोमोबाइल्सको प्रयाेग बढाउनुपर्छ : मन्त्री गिरी

  • 3.5K
    SHARES

  • सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ,प्रबिधीमैत्री अटोमोबाइल्सको प्रयाेग बढाउनुपर्छ : मन्त्री गिरी

    बुटवल,माघ १७-

    लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्रबिधीमैत्री अटोमोबाइल्सको प्रयाेग बढाउनुपर्ने बताएका छन् । उनले कोरोना कहर हटेरपछि मुलुकको आर्थिक गतिविधि अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

    लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनको रुपन्देहीको मणिग्राममा उद्घाटन गर्दै उनले  मुलुक स्थिर हुँदा मुलुकको आर्थिक अवस्था जसरी मजबुत हुन्छ अस्थिरता हुँदा त्यो अवस्था नरहने बताए ।

    आर्थिक गतिविधि चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको र यसका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्नेसमेत उनले बताए । औद्योगिक करिडोरको विकास गर्ने, नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने प्रदेश सरकारले लक्ष्य लिएको उक्त अवसरमा उनले बताए ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना महामारीबाट प्रभावित अटोमोबाइल्स लगायत सम्पूर्ण व्यवसाय प्रभावित भएको बताए । राजनीतिक अस्थिरताले व्यवसाय अझै प्रभावित हुनसक्नेमा उनले चिन्ता व्यक्त गरे । उनले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो सो आगामी भदौमा गर्ने तयारी भएको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा नाडा अटो सो गर्न नसकिएको उनले बताए ।

    लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल कसजू, नेपाल अटो मेकानिक ट्रेड युनियनका अध्यक्ष जीवन अधिकारी,पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्का लगायतले बोलेका थिए । कार्यक्रममा दुइजना ट्रापिक प्रहरीलाइ सम्मान गरिएको थियो ।

    कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष बिक्रम सिंहानिया लगायतको उपस्थिति रहेको थियो ।

    अध्यक्षमा भट्टराई सर्वसम्मत निर्वाचित :Automobile.jpg

    लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा गणेशप्रसाद भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

    एसोसिएसनको प्रथम उपाध्यक्षमा सन्तोष पाण्डे, संस्थागत उपाध्यक्षमा डम्बर शाह, उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा रोशन पाण्डे, सचिवमा रामप्रसाद बेल्वासे, कोषाध्यक्षमा कृष्ण भण्डारी र सहकोषाध्यक्षमा रविनसन श्रेष्ठ निर्वाचित भएका छन् ।

    सदस्यमा प्रवेश भट्टराई, नारायणप्रसाद पौडेल, रमेश श्रेष्ठ, धीरेन्द्रकुमार श्रेष्ठ, चिन्तामणि पाण्डे, तिलक पाण्डे, भुपाल राउत, राधाकृष्ण देउला र विकास पौडेल निर्वाचित भएको निर्वाचित समितिका संयोजक गोपाल प्रसाद पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए । निर्वाचन अधिकृतमा अधिवक्ता कृष्णप्रसाद पाण्डे रहेका थिए ।

    nada.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology