Logo सोमवार, कार्तिक १० गते २०८३
images

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीको तेस्रो बैठकबाट ऐन संशोधनका लागि सुझाव कार्यदल गठन

नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीको तेस्रो बैठकबाट ऐन संशोधनका लागि सुझाव कार्यदल गठन

  • 1.4K
    SHARES

  • नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीको तेस्रो बैठकबाट ऐन संशोधनका लागि सुझाव कार्यदल गठन

    कपिलवस्तु,साउन १८ ।

    नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो बैठक कपिलवस्तुको बाणगंगामा सम्पन्न भएको छ ।

    संगठनका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा वोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको निजामती सेवा ऐन, नियमावली र स्थानीय सेवा ऐन, नियमावलीमा देखिएका समस्या समाधान गर्नकालागि प्रदेश सरकारसँग आग्रह गर्नुपर्ने, संघीय निजामती सेवा ऐन सेवाग्राहीमैत्री र कर्मचारीमैत्री हुनेगरी जारी गर्न पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए ।

    हालसम्म ऐन, नियमावली निर्माण र त्यसको कार्यान्वयनमा देखाएको भूमिकाप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ ।

    बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, कृष्णबहादुर केसी, लुम्बिनी प्रदेश ईञ्चार्ज कवि सिंह कठायत, उपमहासचिव बामदेव ओली, पेशागत ईञ्चार्ज कल्पना थापा, सह–ईञ्चार्ज नारायण भण्डारीलगायतले सम्बोधन गर्नु गरेका थिए ।

    बैठकले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधनसम्बन्धी सुझाव कार्यदल गठन गर्ने, लुम्बिनी प्रदेश संगठन डायरी प्रकाशन गर्ने, जयराम खड्का स्मृति कोष स्थापना गर्ने लगायतका निर्णयहरू गरेको छ ।

    संगठनका प्रदेश सचिव जयराम खड्काको निधन भएको स्मृतिमा स्थापना गर्ने निर्णय गरिएको छ । बैठकमा २५ हजार रुपैयाँको चेक उहाँकी श्रीमती हिरा खड्कालाई हस्तान्तरण गरिएको थियो । तेस्रो बैठकअघि सचिवालय बैठक समेत बसेको थियो । बैठकको सहजीकरण महासचिव भिमलाल खनालले गरेका थिए ।

    शहीदको स्मृतिमा रक्तदान कार्यक्रम : 

    शहीद मनोज झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ ठाकुरपुरामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो ।

    संगठनका महासचिव भिमलाल खनालका अनुसार संगठनमा आवद्ध १५ जना व्यक्तिले रक्तदान गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण १८ २०८२०१:५७:५५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology