Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

खुद्रा किराना व्यवसायीले भने-‘ठूला र साना व्यवसायीहरुलाई सरकारले एउटै आँखाले हेराेस्’

खुद्रा किराना व्यवसायीले भने-‘ठूला र साना व्यवसायीहरुलाई सरकारले एउटै आँखाले हेराेस्’

  • 3.0K
    SHARES

  • खुद्रा किराना व्यवसायीले भने-‘ठूला र साना व्यवसायीहरुलाई सरकारले एउटै आँखाले हेराेस्’

    बुटवल,माघ १७-

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेको प्रमुख आतिथ्यातमा साधारणसभा भएको हो ।

    प्रमुख जिल्ला अधिकारी घिमिरेले पेशागत एकताको लागि सबै जनामा एक जुट हुनुपर्ने बताए । उनले स साना व्यवसायीहरुको हितको लागि आफु जहिले पनि साथमा रहेको भन्दै अवैध रुपमा व्यवसाय गर्ने छुट कसैलाई नभएको समेत बताए ।

    आफु मातहतमा रहेका कार्यालयले स साना स्वरोजगार व्यवसायीहरुको हितको लागि गर्ने सहयोगको कुनै पनि कमि नराख्ने भन्दै उनले यसको लागि संस्थागत रुपमा आफ्नो कार्यालयबाट व्यवसायीहरुले गरेको अपेक्षाको लिपीवद्ध उपलब्ध गराउन समेत आग्रह गरे ।

    कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले सरकारले ठुला व्यवसायी र साना व्यवसायीहरुलाई एउटै आँखाले हेर्र्नुपर्नेमा जोड दिए । 

    कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ खेम बहादुर हमाल ले सरकारले स्वरोजगार आत्मर्निभर हुदै आएका व्यवसायीहरुलाई अनावश्यक रुपमा दुख दिने काम गरेको भन्दै यसमा मानविय व्यवहारले काम गर्नको लागि आग्रह गरे ।

    कार्यक्रममा रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष माधव पौड्यल, व्यपार संघ उपाध्यक्ष प्रकाश ढकाल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी का सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थी, नेपाल बजार विक्री संघका केन्द्रीय अध्यक्ष सुर्य पराजुली, नेपाल व्यापर कर्मचारी संघका नेत्र अर्याल मावन अधिकारी तथा शान्ति समाज समाजका सभापति डि पी खनाल, लुम्बिनी फलफुल तथा तरकारी थोक विक्रेता संघका अध्यक्ष बावुराम भुषाल, खुद्रा किराना व्यवसायी संघका संस्थापक अध्यक्ष टिकाराम गैरे, निवर्तमान अध्यक्ष गंगा न्यौपाने,पुर्व अध्यक्ष लक्ष्मण न्यौपाने, पुर्व अध्यक्ष केशव कुवंर,संघका बरिष्ठ उपाध्यक्ष महेन्द्र पोखरेल, व्यावसायीहरु कृष्ण प्रसाद पाण्डेय, राधा भुषाल,  लगायत बोलेका थिए ।

    कार्यक्रम संचालन महासचिव गोपाल कुमार प्रधान , स्वागत उपाध्यक्ष मोहन न्यौपाने, धन्यवाद शालिकराम श्रेष्ठले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology