Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी अटो मोबाईल्स एशोसियसन स्थापना,१७ माघमा अधिवेशन गरिने

लुम्बिनी अटो मोबाईल्स एशोसियसन स्थापना,१७ माघमा अधिवेशन गरिने

  • 3.2K
    SHARES

  • लुम्बिनी अटो मोबाईल्स एशोसियसन स्थापना,१७ माघमा अधिवेशन गरिने

    बुटवल,माघ १४ । 

    छरिएर रहेका अटो मोबाईल्स ब्यवसायीहरुलाई एकतावद्ध गर्दै हकहित र ब्यवसाय संरक्षणका लागि  बुटवलमा केन्द्रिय कार्यालय रहनेगरी लुम्बिनी अटो मोबाईल्स एशोसियसन अफ नेपालको स्थापना भएको छ । एशोसियसनको पहिलो साधारणसभा तथा अबिधेसन माघ १७ गते हुने भएको छ ।

    बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रदेशभरिको प्रतिनिधित्वसहित अटोमोबाइल्स एशोसियनको अधिवेसनको तयारी पुरा भएको तदर्थ समितिका संयोजक अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए ।

    अटो मोबाईल्ससंग सम्बन्धित विभिन्न कम्पनी तथा ब्यवसायीहरुको हकहित र ब्यवसाय संरक्षण र प्रवन्धन गर्ने मुख्य उद्येश्यसहित स्थापना गरिएको अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए । दर्ताप्रक्रिया पुरा भएसंगै कोभिड –१९ को कारण बिस्तारको काम रोकिएको भन्दै उनले स्वस्थ्य मापदण्ड पुरा गरि कार्यक्रम गर्न लागेको बताए । माघ १६ गते ब्यवसायीहरुलाई भिसिटिएस तालिम र १७ गते साधारण सभा तथा अधिवेसन गरिने उनले बताए ।

    ब्यवसायीहरुको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिवद्धतासमेत उनले जनाए । अटोमोबाईल्ससंग सम्बन्धित विभिन्न प्रकारका कर भिसिटिएस भन्सार सम्बन्धित समस्यालाई सम्बोधन हुने गरि तालिम सेमिनार तथा अटो प्रदर्शन गरिने उनले बताए ।

    देशमा ढुवानी तथा सवारी साधनहरुको समुचित विकास र बिस्तारका लागि आवश्यक पर्ने सम्पुर्ण पार्टपुर्जा, उपकरण, अटोमोटिभ ईन्जिन र अटोमोबाईलमा प्रयोग हुने सबै प्रकारका बस्तुहरु ब्यट्रि, टायर, लुब्रिकेन्टस तथा अटोमोबाईल्स स्पेयर पार्टसको आयत एवंम उत्पादन सम्बन्धि ब्यवसायिक विकास, दक्षता एवं राज्यप्रतिको दायित्वलाई आत्मसात गर्दै राष्ट्रिय अर्थतन्त्र योगदान पुर्याउने आफुहरु लागेको उनको भनाइ छ । 
    सामानको बिक्री गर्दा बिल हुने तर एउटा सवारी खराब भए त्यस अवस्थामा प्रयोग हुने सामग्रीहरु बारे भिसिटिएसमा उल्लेख नहुदा समस्या हुने महासचिव रोशन पाण्डेले बताए ।

    ब्यवसायीहरुलाई यो विषय मुख्य समस्या रहेको उनले बताए । ब्यवसायीहरुलाई तालिम दिएर अघि बढाउन खोजिएको उनले बताए । यसैगरि अण्डर बिलिङको समेत समस्यालाई विभिन्न ब्यवसायीक संघसंस्थाहरुबाट समन्वय गरि समाधान तर्फ अघि बढेको उनले बताए । दाङ, नेपालगंज, नवलपरासी, कपिलस्तु, पाल्पा लगायत स्थानहरुमा समेत सदस्यता बढाउने काम अघि बढेको उनले बताए । 

    लुम्बिनी प्रदेश अन्तरगत रुपन्देही यातायात कार्यालयको तथ्याक अनुसार हालसम्म नीजि र सरकारी मोटरसाईकलको संख्या ६ लाख ५९ हजार १ सय १, ठुला तथा मझौलाको संख्या १ लाख २ हजार १ सय ६८ रहेको छ ।

    गतवर्षको तथ्याक अनुसार १ अर्ब १५ करोड, ८८ लाख ३१ हजार ३ सय ९६ रुपैया राजश्व संकलन भएको देखिन्छ । बढ्दो सवारी चापलाई मध्येनजर गरि वातावरणमा हुने प्रदुषण न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्न जरुरी रहेको उनले बताए । 

    तदर्थ समितिमा वरिष्ठ उपाध्यक्षमा सन्तोष पाण्डे, उपाध्यक्ष विजय कुमार गुप्ता, कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सचिव रामु बेल्बासे, सदस्यहरु राधाकृष्ण देउला, प्रवेश भट्टराई, चिन्तामणी पाण्डे रहेका छन । नेपाल अटो डिलर एशोसियसन अफ नेपाल (नाडा) को संस्थागत सदस्य समेत रहेको छ । अटोमोबाईलमा हाल ५० जना सदस्यहरु आवद्ध छन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology