Logo सोमवार, कार्तिक १० गते २०८३
images

स्वास्थ्य सचिवमा डा.विकास देवकोटा बढुवा,डा.संगिता फायर !

स्वास्थ्य सचिवमा डा.विकास देवकोटा बढुवा,डा.संगिता फायर !

  • 1.6K
    SHARES

  • स्वास्थ्य सचिवमा डा.विकास देवकोटा बढुवा,डा.संगिता फायर !

    बुटवल,फागुन २२ ।

    सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सचिवमा डा.विकास देवकोटालाई बढुवा गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस भएका अतिरिक्त सचिव देवकोटालाई मन्त्रालयको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा अतिरिक्त सचिव डा.संगिता कौशल मिश्र, दोस्रो नम्बरमा डा.टंक बाराकोटी र तेस्रो नम्बरमा देवकोटालाई सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

    यस्तै प्रशासन सेवातर्फको सचिवमा मधेश प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव मदन भुजेल सचिवमा बढुवा भएका छन् । केहि दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले भुजेललाई दोस्रो नम्बरमा सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो ।

    जसमा पहिलो नम्बरमा राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव बिरेन्द्र यादव र तेस्रो नम्बरमा भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई बढुवाका लागि सिफारिस गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology