Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार केसीलाई जेसिस  युवा उत्कृष्ट पत्रकारिता पुरस्कार

पत्रकार केसीलाई जेसिस  युवा उत्कृष्ट पत्रकारिता पुरस्कार

  • 4.1K
    SHARES

  • पत्रकार केसीलाई जेसिस  युवा उत्कृष्ट पत्रकारिता पुरस्कार

    बुटवल,माघ ९-

    पत्रकार तेजेन्द्र केसी बुटवल जेसिसले स्थापना गरेको स्व.गणेशमान सैजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कारबाट पुरस्कृत हुनुभएको छ ।

    बुटवल जेसिसले  आयोजना गरेको कार्यक्रममा केसीलाई  पूर्वमन्त्री तथा नेपाली काँग्रेसका  नेता गगन थापाले  सम्मान पत्र तथा नगद राशी प्रदान गर्नुभयो ।

    बुटवल जेसीसले प्रत्येक बर्ष सुसासन सम्वन्धी समाचार लेख्ने युवा पत्रकारलाई पुस्कृत गर्ने गर्दछ । यस बर्ष  विगत एक दर्शकदेखि बुटवलमा बसेर  पत्रकारिता गरिरहेका केसीलाई प्रदान गरिएको हो ।

    केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक तथा जनसंघर्षका कार्यकारी सम्पादक हुन् । उनी पब्लिक मिडिया क्लव(पिएमसी ) बुटवलका कार्यसमिति सदस्य समेत हुनुहनछ ।

    त्यस्तै बुटवल जेसीजले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट युवा सम्मान नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई प्रदान गरिएको छ । रक्तदान अभियानका अभियान्ता चौहानले रगतको परिपूर्तिमा पु¥याएको योगदानको कदर गर्दै उत्कृष्ट युवा सम्मान प्रदान गरिएको हो ।

    बिहिबार साँझ बुटवलमा आयोजना गरिएको बुटवल जेसीजको ४७ औं पदस्थापन कार्यक्रममा उहाँहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा बोल्दै विघटित प्रतिनीधि सभाका सदस्य समस्य रहनु भएका युवा नेता थापाले संसद पुनःस्थापना भएन भने मुलुक अध्यारो सुरुङ्मा जाने निश्चित रहेको बताउनुभयो ।
    उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनको लागि नभई नायक बन्नको लागि संसद विघटन गरेको बताउँदै कसैलाई नायक बन्ने भन्दा पनि मुलुकलाई बिधि र पद्धतीबाट अगाडी बढाउनु पर्ने भनाई राख्नुभयो । 

    कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले बुटवल जेसीजले युवामा नेतृत्व तथा व्यक्तित्व बिकासका कार्यक्रम सञ्चालन गर्दै आएको आफूले नजिकबाट नियाल्ने अवसर पाएको बताउँदै जेसीज अभियानमा आफ्नो साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।ggn.jpg

    त्यस अवसरमा बुटवल जेसीजका अध्यक्ष राजिव गौतमले नवनिर्वाचित गोपालप्रसाद चापागाई नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण सहित पदस्थापन गराउनु भएको थियो ।

    कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष चापागाईले बुटवल जेसीजले यस अंगाडी सञ्चालन गर्दै आएका नेतृत्व तथा व्यक्तित्व बिकासका कार्यक्रमलाई निरन्तरता दिने तथा रचनात्मक कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एक वर्षे आफ्नो कार्यकालमा आफूलाई सहयोग गर्ने, जेसीज अभियानका कार्यक्रमको संयोजन गर्नेहरुलाई समेत सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology