बुटवल,माघ ९-
पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ ।
जनताले फेरि दोश्रो जनआन्दोलन गरि अहिलेको प्रतिगामी शक्तिलाई परास्त गर्न आवश्यता रहेकोमा जोड दिनुभयाे । प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतिर देशलाई लगेको उहाँले बताउँदै फेरि जनआन्दोलनको आवश्यकता रहेको बताउनुभयो ।
सरकारले तोकेको समयमा चुनाव नहुने भट्टराईले बताउँदै सरकारले जनतालाई अलमलमा राख्नको लागि मात्र चुनावको समय तोकेको दाबी गर्नुभयो ।
बुटवलको चिया चाैतारीमा भएको पत्रकार सम्मेलनमा बाेल्दै भट्टराईले प्रधानमन्त्री आलीले सरकारका सबै निकायलाई आफ्नो मातहतमा ल्याएर प्रतिनिधिसभाको भंग गरेर राजनीतिक ‘कू’ गरेकाले फेरिे जनआन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सर्वाेच्च अदालतबाट संसद पुनस्र्थापना नभए सबै राजनीतिक दल र नागरिक मिलेर अहिलेको प्रतिगामी शक्तिलाई झुकाउनुपर्ने उहाको भनाइ छ ।
भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन भएको बताउनुभयो ।
यदी संसद पुनस्थापना पनि आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको भन्दै उहाले भन्नुभयाे - ‘म प्रधानमन्त्रीको आकांक्षी होइन, मलाई त्यसो भनियो भने घोर अन्याय हुन्छ,’ ।
उहाँले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई समेत संविधान र लोकतन्त्रको रक्षाका लागि ढुलमुलमा नपर्न आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)