बुटवल,माघ १५ ।
नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसको १२ औ अधिबेशनले नया नेतृत्व चयन गरेको छ ।
अधिबेशनले सिद्धार्थ श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो ।
नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस उप-सभापति ओम हरि आचार्यको सभापतित्व एवं नेपाल विद्यार्थी संघ केन्द्रियप्रतिनिधि तथा केन्द्रिय सदस्य असोक गौतमको प्रमुख आतिथ्यता, जिल्ला कोषाध्यक्ष रोसन थापा,बाणिज्य क्याम्पसका उप-सभापति ऋषि पन्थी लगायतको सहभागितामा अधिवेशन भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)