Logo बिहिवार, आश्विन १ गते २०८३
images

विपद पीडितलाई नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने

विपद पीडितलाई नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने

  • 1.2K
    SHARES

  • विपद पीडितलाई  नेपाली कांग्रेसले ५० लाख सहयोग गर्ने

    काठमाडौं, असोज १३।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद पीडितका लागि तत्कालका लागि ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

     सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

    बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरि नेपाली कांग्रेसको सङ्घीय सांसदहरुको १५ दिनको पारिश्रमिक समेत गरि नेपाली कांग्रेसका तर्फबाट कूल रु. ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।’’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology