Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रगति माविमा सम्पन्न महायज्ञको आयब्यय विद्यालयलाई हस्तान्तरण

प्रगति माविमा सम्पन्न महायज्ञको आयब्यय विद्यालयलाई हस्तान्तरण

  • 2.2K
    SHARES

  • प्रगति माविमा सम्पन्न महायज्ञको आयब्यय  विद्यालयलाई हस्तान्तरण

    बुटवल,पुस २४- 

    बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित प्रगति माविको भौतिक र शैक्षिक प्रगतिका लागि भन्दै आयोजना गरिएको महायज्ञको हिसाबकिताब शुक्रबार पत्रकार सम्मेलन गरि विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

    महायज्ञ मुलसमितिका अध्यक्ष जित बहादुर मल्लले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण सारु, सचिव तथा विद्यालयका प्रअ शिव कुमारी अर्यालले आयब्यय हस्तान्तरण गरेका हुन । विद्यालयलाई स्तर बढाउने योजना अनुसार गरिएको महायज्ञबाट धेरै काम भएको अध्यक्ष जित बहादुर मल्लले बताए । 

    बिस २०७५ बैशाख १ देखि २९ गतेसम्म भएको महायज्ञमा दानबिरहरुले नगद, जिन्सी गरि १ करोड ५४ लाख १६ हजार ३ सय ५१ रुपैया प्रतिवद्घता गरेकोमध्ये ३६ लाख ५२ हजार २ सय २४ खर्च भएको उनले बताए । प्रतिवद्घता जनाए अनुसार ५७ लाख ९२ हजार ५ सय ५१ रुपैया उठ्न बाकि रहेको छ ।

    बढिमा ५ लाख ७५ हजारसम्म कबोल गरेको उनले बताए । महायज्ञबाट उठेको रकम २२ लाख ११ हजार १ सय ३३ रुपैया विद्यालयलाई प्रदान गरि शिक्षक, कर्मचारीको तलब ब्यवस्थापन गरिएको उनले बताए ।

    विद्यालयमा ३ जना करार, ३ जना स्थाई, ४ जना राहत, ४ जना बालबिकास, १ जना मावि लगायत गरि १८ जना शिक्षक कर्मचारी र साढे ५ सय जना विद्यार्थीहरु अध्ययरत छन। वडाका जनप्रतिनिधि माया दर्नालले विद्यालयको स्तरस्नोत्तीका लागि पहल गरेको बताईन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology