काठमाडौँ,साउन २० ।
सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य तोलाको १ लाख ४९ हजार रूपैयाँ शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रूपैयाँ थियो । तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँ थियो । चाँदी प्रतितोला १ हजार ७८५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ १ हजार ८०५ रूपैयाँ थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)