Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन

शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन

  • 4.9K
    SHARES

  • शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन

    बुटवल,पुस १८-

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेकाे छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,काेषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

    त्यस्तैगरी समाजकाे सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पाैडेल,बिजु पाैडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन्  ।

    बुटवलमा शनिबार भएकाे अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेकाे निर्वाचन समितिका संयाेजक हरिष ढकालले जानकारी दिए ।

    यसअघि आयाेजित खुल्लासत्रमा बाेल्दै मानव अधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको सनकको भरमा संसद भंग गरेको बताएका थिए  । उनले संसद पुर्नस्थापना नगरिए संविधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिए ।

    ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा बताएका थिए  ।

    याे पनि :-

    ओलीको सनकले संसद विघटन,मुलुकमा गृहयुद्धको खतरा : कृष्ण पहाडी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology