Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीको सनकले संसद विघटन,मुलुकमा गृहयुद्धको खतरा : कृष्ण पहाडी

ओलीको सनकले संसद विघटन,मुलुकमा गृहयुद्धको खतरा : कृष्ण पहाडी

  • 3.3K
    SHARES

  • ओलीको सनकले संसद विघटन,मुलुकमा गृहयुद्धको खतरा : कृष्ण पहाडी

    बुटवल,पुस १८ ।

    मानवअधिकारबादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले सनकका भरमा संसद विघटन गर्दा मुलुक गृहयुद्धमा धकेलिन सक्ने चेतावनी दिएका छन् । 

    ओलीले संविधान बिपरित प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृहयुद्ध तर्फ उन्मुख उनले आरोप लगाए ।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीकोे २१ औँ साधरणसभा तथा १२ औँ अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै समाजका संस्थापक समेत रहेका पहाडीले संसद विघटन प्रतिगामी कदम भएकाले विरोधमा उत्रेको बताए ।

    प्रतिनिधिसभा पुर्नस्थापना नभए संविधान असफल हुने र मुलुक द्वन्द्वमा जाने उनको तर्क छ । “कदम कथाचित प्रतिनिधिसभा पुर्नस्थापित भएन र बैशाखमा चुनाव पनि भएन भने केपिको सरकार अवैध हुन्छ,अर्को खिलराजको सरकार बन्छ । त्यसपछि राष्ट्रपति सक्रिय हुने,संकटकाल लगाउने र मुलुक झन् द्वन्द्वमा जाने खतरा छ ’।

    उनले भने बैसाखपछि नेपालमा अन्तराष्ट्रिय शक्तिहरुले रणभूमी बनाउने ठोकुवा गरे ।‘संविधान फेला गराउन र राजाबादीसंग सांढगांठ भएमात्रै संसद बौरिदैन,अब प्रतिगमन विरूद्व उत्रन ढिला गर्नु हुदैन,ओलीलाइ नागरिकले बहिस्कार गर्ने दिन आंउदैछ’ । उनले भने ।

    अहिलेको संविधानमा विघटनको कल्पना समेत छैन, प्रधानमन्त्रीलाई मानहानिको मुद्दा लगाउनुपर्छ :

    विगतमा संसद विघटनलाई बारम्बार प्रधानमन्त्रीले छडिका रूपमा प्रयोग गरेकाले अहिलेको संविधानमा विघटनको कल्पना समेत नगरिएको उनले बताए ।“जनताले नै निषेध गर्नेवाला छन् । 

    प्रधानन्याधिश चोलेन्द्र शमशेरको पनि विवेक जांच्ने बेला भएको छ ,शेरबहादुर जि पनि प्रतिगमनकालागि सत्तासंग जोडिए जनताले लखेटनेछन’ उनले भने ।

    उनले भने—‘चोरलेपनि तीन घर छाडेर चोर्छ तर ओलीले त एक घर पनि छोडेनन् उनले (घरमा) संविधानमा आगो लगाएर जाडोमा तापिरहेका छन्,पार्टि, संसद र संविधान भत्काउनेक्रम शूरू गर्नेका बिरुद्ध जनता सडकमा आउनुपर्छ ।’ अहिले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई मानहानिको मुद्वा लगाउनुपर्ने उनको तर्क छ ।

    पहाडीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा नेकपा ओली समुहका महासचिब विष्णु पौडेल मिडियामा मुख देखाउन लायक नभएको आरोप लगाए ।मुख्यमन्त्री शंकर पोखरेल पनि २५-५० जना कार्यताहरुको भेला गर्ने हिड्ने अवस्थामा पुगेको बताए । यस्तै सुवास नेम्बाङ मिडियामा केही बाेल्न नसक्ने अवस्था पुगेको उनको भनाइ  छ ।

    संबिधानमा व्यवस्था नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संबैधानिक कू गर्नु गरेको भन्दै उनले बैसाखमा चुनाव पनि नहुने र सरकार पनि अबैध हुने भएपछि संविधान नै समाप्त भइ गृहयुद्ध हुने चेतावनी दिए ।

    नागरिक समाज तथा सामाजिक अभियान्ताहरु आन्दोलित हुन आह्वान :

    संविधान असफल भएपछि विदेशी शक्तिले मुलुकमा रजाई गर्ने भन्दै पहाडीले केपी ओलीका कारण लिक वाहिर गएको संविधानको रक्षा गर्नुपर्ने धारणा राखे ।ओलीको कदमले राजावादी र विप्लव माओवादीहरु सबै भन्दा बढी खुशि भएको उनको तर्क छ । 

    मुलुभरवाट ओलीको अतिवाद र ओलीको सनकको विरोधमा जनदवाव जरुरी रहेकोले नागरिक समाज तथा सामाजिक अभियान्ताहरु आन्दोलित हुन आह्वान समेत गरे ।

    न्यायालयले संसदको पुर्नस्थापना गराेस् :

    लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संबैधानिक कू भएको भन्दै संम्बिधान विरोधी ओली कदमको न्यायालयले संसदको पुर्नस्थापना गरेर देखाई दिनुपर्नेमा जोड दिइन् ।

    उनले पार्टी भित्रको किचलो मिलाउन नसक्ने अनि संविधानमा नै व्यवस्था नभएको विषयमा संसद विघटन गर्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद अलोकतान्त्रीक कदम भएको आरोप लगाइन् ।

    ओलीको कदमले मुलुकमा अनिष्टको संकेत :

    लुम्बिनी प्रदेशका सांसद तथा नेकपाका नेता विष्णु पन्थीले ओलीले जनताको अभिमतलाई कुल्चेर देशलाइ बर्बादी बनाएको आरोप लगाए  ।यो संकटका बेला राज्यको अर्वौ खर्च गरेर चुनाव गर्नुको कुनै अर्थ नभएको उनको ठहर छ ।मुलुक ठूलो दुर्घटनातर्फ गएको भन्दै उनले बचाउन सबै जुट्नुपर्ने बताए  । पन्थीले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अनिष्टको संकेत देखापरेको भन्दै अब लोकतन्त्र रोज्नेकी प्रतिगमन रोज्ने वेला आएको धारणा राखे ।

    उनले बैशाखमा चुनाव पनि नहुने र चुनाव गराउनका लागि संसद विघटन नगरिएकोले मुलुकमा प्रतिगमनको खतरा बढेकोले संसद पुर्नस्थापनाको पक्षमा आन्दोलित हुन माग गरे ।

    मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनिले राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरेको बताए । प्रधानमन्त्रीको लहडका भरमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक रूपमा चालेको कदम भएको बताए ।समाजका बरिस्ठ उपसभापति गोविन्द खनालले असवैधानिक एंव अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटनातर्फ लगेको आरोप लगाए ।

    शान्ति समाज रुपन्देही सभापति डीपी खनालको सभापतित्वमा भएको कार्यक्रममा ट्रेडयुनियन कँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई, राससका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, उच्च अदालत बुटवल वारका अध्यक्ष जोग बहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख सम्झना शर्मा ,माहुरीहोमका रवि ठाकुर, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौर, समाजका केन्द्रिय सचिव कृष्ण रावल, केन्द्रिय सदस्य मीना ढकाल,रुपन्देहीका सचिब अर्जुन ज्ञवाली लगायतले धारणा राखेका थिए ।
    कार्यक्रममा बोल्ने बक्ताहरुले प्रधानमन्त्री ओलीको अलोकतान्त्रीक,असंबैधानिक आत्माघाती कदमको बिरोध गर्नुपर्ने बताएका थिए । 

    शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन :

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको ११औँ अधिबशनले पुन: डिपी खनालको सभापतित्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । उपसभापतिमा खिमलाल (कृष्ण) भट्टराइ,सचिवमा कपिल ज्ञवाली,सहसचिबमा कृष्ण पाण्डे,कोषाध्यक्षमा धनकुमारी खनाल चयन भएका छन् ।

    त्यस्तैगरी समाजको सदस्यहरुमा अर्जुन कुवर,कमला पाण्डे (अधिकारी),जमुना पौडेल,बिजु पौडेल,सिता भट्टराइ,लिलाधर लुइटेल,लक्ष्मी घिमिरे, बिष्णु थापा,मेघराज भट्टराइ र फूलु सुनार चयन भएका छन्  ।

    बुटवलमा शनिबार भएको अधिबेशनले दुइ बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको निर्वाचन समितिका संयोजक हरिष ढकालले जानकारी दिए ।

    याे पनि पढाैँ :-

    शान्ति समाज रुपन्देहीको सभापतिमा पुन: खनाल,सचिवमा ज्ञवाली चयन

    santi samaj new team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology