Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस संविधान र लोकतन्त्र रक्षाको निम्ति बलिदान दिन तयार छ : बालकृष्ण खाँण

कांग्रेस संविधान र लोकतन्त्र रक्षाको निम्ति बलिदान दिन तयार छ : बालकृष्ण खाँण

  • 6.9K
    SHARES

  • कांग्रेस संविधान र लोकतन्त्र रक्षाको निम्ति बलिदान दिन तयार छ : बालकृष्ण खाँण

    बुटवल,पुस १३ ।

    प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । कांग्रेसले आज एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हाे । कांग्रेस रुपन्देहीले ५ वटा निर्वार्चन क्षेत्रमा विरोध प्रर्दशन गरेको छ ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले भैरहवामा आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाउनुभयाे । उहाले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्न काम भएको दावी गर्नुभयो । 

    नेता खांणले ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको बताउनुभयो । कोरोना महामारीको रोकथामका लागि भनेर खरिद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको उहाले बताउँदै संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उँहाको भनाइ छ ।

    जनताको जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने उँहाले बताउँदै कांग्रेसको विरोधलाई हलुका रुपमा लिने शक्ति समाप्त हुने दावी गर्नुभयो ।

    संघीय सदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत कदम चालेकोले यसलाई सच्याउनुपर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताउनुभयो ।

    उहाले जनतासंग माफी नमागे कम्युनिष्ट पतन हुने समेत गर्नुभयो ।  कांग्रेस संविधान र लोकतन्त्रको रक्षाको लागि बलिदान दिन पनि तयार रहेको खांणले बताउँनुभयो । 

    त्यस्तै कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले कम्युनिष्ट कहिल्यै पनि लोकतान्त्रिक बन्न नसकेको बताउँनुभयो । उँहाले संसदलाई पुनस्र्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रमा अर्यालले ओली सरकारले संसद विघटन गरेर जनताको अधिकार खोस्ने काम गरेको बताउँनुभयो । उँहाले संविधानको रक्षा गर्न कांग्रेसले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँनुभयो ।

    कांग्रेस महासमिति सदस्य तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानले कम्युनिष्ट सरकारले जनतालाई केही दिन नसकेको बताउँदै उँहाले कम्युनिष्ट सरकारले किसानको लागि पनि केही गर्न नसकेको बताउनुभयो ।

    कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले ओलीले अधिनायकवाद शैली नसच्याए कांग्रेस थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । भैरहवाको बुद्धचोकबाट सुरु भएको र्याली बर्मेलीटोली, नारायणपथ हुँदै मिलनचोमा पुगेर विरोधसभामा परिणत भएको कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका उपसभापति श्रीराम गुप्ताले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology