बुटवल,चैत्र २५ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले जनप्रतिनिधिहरुको संख्या ५० प्रतिशतले घटाउनु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य भण्डारीले जनप्रतिनिधिसँगै कर्मचारीको संख्या पनि घटाउनु पर्ने बताएका हुन् ।
स्थानीय तहहरुले राम्रो काम गरिरहेको बताउँदै प्रदेश र केन्द्रमा धेरै मन्त्री हुँदा राज्यको बजेट भरी कर्मचारी र जनप्रतिनिधिको तलब जाँदा विकास निर्माणका कामले गति लिन नसेको बताए । उनले माथिल्लो सदनबाट पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था गरिनु पर्ने बताए ।
साथै भण्डारीले नेपालको अवस्था विश्लेषण भन्दा बाहिर रहेको बताए । ‘देशको अवस्थाको बारेमा विश्लेषण गर्न सक्ने अवस्था छैन् । जे कामहरु भईरहेको छ त्यो सबै विश्लेषण भन्दा बाहिर नै भएको छ ।’–उनले भने ‘कति बेला कसको सरकार बन्छ र सरकार कति समयसम्म रहन्छ भनेर विश्लेषण गर्न सक्ने अवस्था छैन् ।’ यस्तै राजनीतिक दलमा हुने स्वार्थ केन्द्रित गुटहरुले देशलाई फाइदा नगरेको बताए ।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई लक्षित गरी डा. भण्डारीले प्रश्न उठेपछि आफै मूल्याङ्कन गर्नु पर्ने बताए ।‘प्रश्न उठेपछि छानविन गर्नु प्रजातन्त्रिक कुरा नै हो । सकेसम्म प्रश्न नउठ्ने गरी काम गर्नु पर्छ । प्रश्न उठेपछि आफै पनि मूल्याङ्कन गर्नु पर्ने हुन्छ ।’–उनले भने ।
साथै अब हुने पार्टीको महाधिवेशनबाट आफू सभापति बन्ने बताए । ‘अबको महाधिवेशनबाट पार्टी सभापति म हुने हो । किन अरुलाई बोक्नु पर्यौ ।’–उनले भने ‘२ वर्ष पछि हुने महाधिवेशनबाट पार्टी सभापति म हुन्छु । संसदीय दलको नेता पनि म नै हुने हो ।’
पत्रकार सम्मेलनको अध्यक्षता जिल्ला शाखा अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सचालनमा सम्पन्न भएको थियो ।
चुनावमा भ्रष्ट नेताहरुलाई हराउन अब मतदाता पनि परिवर्तन हुनुपर्छ : डा.चन्द्र भण्डारी
पार्टी र गुटको नाममा देश लुट्ने छुट कसैलाई छैन : डा.चन्द्र भण्डारी
‘विचार र दृष्टिकोणको कमीले कांग्रेस बिग्रेको हाे,अब हामी सपार्छाैँ’ : डा.चन्द्र भण्डारी
भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म विकास सम्भव छैन : डा.चन्द्र भण्डारी
जलनकाे नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी पुगे डा.चन्द्र भण्डारी
स्वास्थ्य लाभपछि भोलि स्वदेश फर्किँदै कांग्रेस नेता डा.चन्द्र भण्डारी
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)