Logo बिहिवार, आश्विन १ गते २०८३
images

पार्टी र गुटको नाममा देश लुट्ने छुट कसैलाई छैन : डा.चन्द्र भण्डारी

पार्टी र गुटको नाममा देश लुट्ने छुट कसैलाई छैन : डा.चन्द्र भण्डारी

  • 1.3K
    SHARES

  • पार्टी र गुटको नाममा देश लुट्ने छुट कसैलाई छैन : डा.चन्द्र भण्डारी

    बुटवल,मंसिर २१ ।

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सासद डा.चन्द्र भण्डारीले पार्टी र गुटको नाममा देशलाई लुट्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । उहाले नेपालका हरेक राजनैतिक दलहरुले अब बाटो परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । १४ औं कपिलबस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभयो ।

    राजनैतिक दल र ति दलका नेताहरुको काम बाट जनताका जनअपेक्षाहरु पुरा हुन नसकेको भन्दै अबपनि नेताहरु नसुध्रिए जनता बाट  गलत नेताहरुको विरुद्ध ठुलो विद्रोह हुने बताउनुभयो ।यस्तै उहाले पछिल्लो समय देशको अर्थतन्त्र विग्रिएको अवस्थामा बैंकहरुको व्याजदर ८ प्रतिशतबाट १६ प्रतिशत सम्म पुग्दा किसान र उद्योगीहरु बढी समस्यामा परेको औल्याउदै जनताको समस्यामा राज्य मौन बस्ने हो भने त्यो राज्य किन चाहियो भनेर उहाले प्रश्न गर्नुभयो ।

    महोत्सवमा रहेका स्टलहरुमा स्थानिय उत्पादन हुनुपर्ने उहाँले बताउनुभयो । स्थायिन उत्पादनलाई प्रवदर््धन गर्न सके मात्र महोत्सवको औचित्य रहने सांसद भण्डारीले बताउनुभयो । अहिले महोत्सव लागिरहेको बुद्ध रङ्गसालामा आवश्यकताको आधारमा भौतिक संरचना बनाएर खेलको विकास गर्नुपर्ने बताउनुभयो ।

    पछिल्लो समय नेपाली खेलाडिहरुले विश्वभर नाम कमाई रहेको भन्दै खेल क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । यता प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउनको लागि कपिलवस्तु महोत्सवले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई प्रवदर््धन गर्दै अर्थतन्त्रलाई माथि उठाएको बताउनुभयो ।

    महोत्सवलाई व्यवसायिक दृष्टिकोण बाट मात्र नहेरेर समग्र जिल्लाको स्थानिय कृषि र कृषक, व्यापार, व्यवसायको हित हुनेगरि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    साथै उहाले फरक प्रसंगमा बोल्दै वर्तमान सरकार गठबन्धन टिकाउन मात्र सिमित रहेको बताउर्दै जनाताको आवश्यकतालाई  कुनै सरोकार नराखेको दाबी गर्नुभयो ।त्यस्तै काङ्ग्रेस नेता अत्तहर कमाल मुसलवानले जिल्ला धार्मिक तथा पर्यटकीय हिसाबले पनि ऐतिहासिक रहेकाले पर्यटकहरुको सङ्ख्या बढाउने गरि योजना बनाउनुपर्ने बताउनुभयो । त्यस्तै जिल्लाको समग्र विकासको लागि वेलफेयर सोसाइटीका जस्ता जुझारु  युवा नेताहरुको आवश्यकता रहेको औँल्याउनुभयो ।

    CHANDRA.jpg

    त्यस्तै कार्यक्रममा बोल्दै सांसद रुपा पोख्रेल, प्रदेश सांसद विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले बोल्दै  महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न मद्दत पुग्ने बताउनुभयो । त्यस्तै महोत्सव संयोजक तथा आयोजक संस्था बाणगंग वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँणले जिल्लाको समग्र पहिचान बोकेको यस महोत्सवलाई सफल पार्न हरेक क्षेत्रका व्यक्ति र संघसंस्थाले सहयोग गर्ने बताउनुभयो । उहाले जिल्लाको पर्यटन प्रर्वधन गर्ने महोत्सवको लक्ष्य रहेको बताउनुभयो ।

    युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ विहिबार देखि सुरु भएको महोत्सव पौष १ गते सम्म सञ्चालन हुने छ । स्थानीय उत्पादन, कृषि, हस्तकला लगाएतको स्टल रहेको छ । यसैविच महोत्सवमा शुक्रबारदेखि अन्तराष्ट्रिय रेश्लिङ प्रतियोगिता समेत हुने छ । यस्तै शुक्रबार अनुचौधरी, प्रिन्स लम्साल, रमेश निर्दोष, संगिता चितौरे लगाएत स्थानीय कलाकारको समेत प्रस्तुती रहने जनाईएको छ । यस्तै शुक्रबार देखि नै १२ औ कपिलबस्तु डान्स आइडाल प्रतियोगिता हुने सुरु हुने छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology