Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

चुनावमा भ्रष्ट नेताहरुलाई हराउन अब मतदाता पनि परिवर्तन हुनुपर्छ : डा.चन्द्र भण्डारी

चुनावमा भ्रष्ट नेताहरुलाई हराउन अब मतदाता पनि परिवर्तन हुनुपर्छ : डा.चन्द्र भण्डारी

  • 4.3K
    SHARES

  • चुनावमा भ्रष्ट नेताहरुलाई हराउन अब मतदाता पनि परिवर्तन हुनुपर्छ : डा.चन्द्र भण्डारी

    बुटवल,चैत्र २४ ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य चन्द्र भण्डारीले मन्त्री, सांसद र जनप्रतिनिधिको संख्या घटाउने बेला आएको बताउनु भएको छ । देशमा उठेको राजश्वले कर्मचारीलाई तलब समेत खुवाउन नसकेको अवस्था रहेको बताउँदै उहाँले चालु खर्च घटाउनको लागि मन्त्री ,सांसद र जनप्रतिनिधिको संख्या घटाउनु पर्ने बेला आएको बताउनुभयो ।

    होटल तथा रेष्टुरेण्ट ब्यवसाय संघले शनिबारबुटवलमा आयोजना गरेको  २३ औं साधारण सभामा बोल्दै भण्डारीले  सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै  जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका भण्डारीले लात्ताले हान्न पुग्ने गरी देशमा मन्त्रीको संख्या रहेको टिप्पणी गर्दै ३६ हजार तलबी जनप्रतिनिधिलाई १८ हजारमा झार्नुपर्नेे भनाई छ  ।  

    देशमा स्थानीय तहदेखि प्रदेश हुंदै केन्द्रसम्म तलब खाने जनप्रतिनिधि अत्यधीक धेरै भएकाले आधा घटाउनुपर्ने बताउँदै उहाँले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने दाबी गर्नुभयो । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको उदाहरण दिँदै सांसद भण्डारीले कमिसन खानका लागि विदेशबाट ऋण लिएर पूर्वाधारमा अन्धाधुन्द लगानी गरिएको आरोप लगाउनुभयो ।

    ‘सत्तामा हुँदा जनताको काम गर्लान् भनेको सन्तानलाई सुन तस्करी गर्न सिकाउँछन्’,भण्डारीले भन्नुभयो,‘यस्ता नेताहरूबाट देश बन्छ भनेर कहिलेसम्म कुरिरहनेर रु’ ३४ वर्षदेखि एउटै अनुहारलाई भोट हालेर जिताइरेका नेपाली जनताहरूले अब विवेकपूर्ण निर्णय गर्नुपर्ने बताउनुभयो ।  ‘जसले घुस खाँदैन उसलाई छान्नुस् त मुलुक दुई दिनमा बन्छ’-‘नेताको दास बनेर देश बन्छ भन्नु कल्पना मात्र हुनेछ।’ उहाँको भनाइ छ ।

    चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको भण्डारीले बताउँदै  देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्ने धारणा राख्नुभयो । 

    कार्यक्रममा अध्यक्ष लेखनाथ भण्डारी,कांग्रेस नेता बिष्णु पाेखरेल ,पत्रकार महासंघका अध्यक्ष रामराज पाेखरेल, संघका उपाध्यक्ष माधव खनाल,महासचिव अर्जुन जिसी लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology