बुटवल,बैशाख १६ ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी वैशाख १७ गते भाेलि स्वदेश फर्किने भएका छन् ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्याँस लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी भारतमा उपचाररतपछि आइतबार स्वदेश फर्किन लागेका हुन् ।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्किने कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् । पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको उनले बताए । भण्डारी बोल्ने र हिँड्डुल गर्न थालेका छन् ।
आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)