Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म विकास सम्भव छैन : डा.चन्द्र भण्डारी

भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म विकास सम्भव छैन : डा.चन्द्र भण्डारी

  • 1.5K
    SHARES

  • भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म विकास सम्भव छैन : डा.चन्द्र भण्डारी

    गुल्मी, मंसिर ९।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले भ्रष्टाचारीले छुट नपाउने बताउनुभएको छ।नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा धेरै भ्रष्टाचारी मौलाएको भन्दै अब यी भ्रष्टाचारीले छुट नपाउने दाबी गर्नुभयो। नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारीहरूलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको उहाँको भनाइ छ।congress gulmi.jpg

    शक्तिको आडमा रहेर भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको भन्दै भ्रष्टाचार गर्ने व्यक्तिलाई तीन पुस्ता पछिसम्म पनि नछाडने उहाँले उद्घोष गर्नुभयो।

    पछिल्लो समय राजनीतिमा व्यक्तिवादी हाबी भएको भन्दै देशको चिन्ता गर्ने दल र नेता नभएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। व्यक्तिवादी हाबी रहँदा देशको विकास नहुने उहाँको तर्क छ।

    नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन दुई दिनसम्म चल्ने छ। सम्मेलनले पार्टीको आगामी कार्यदिशा र गुल्मी घोषण पत्र जारी गर्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ। nepali congress gulmi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology