Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी वल्ड स्कुलले असल अभिभाकवत्व र तनाव व्यवस्थापन तालिम दिने, धार्मिक गुरु प्रोफेसर पत्री प्रभु आउने

लुम्बिनी वल्ड स्कुलले असल अभिभाकवत्व र तनाव व्यवस्थापन तालिम दिने, धार्मिक गुरु प्रोफेसर पत्री प्रभु आउने

  • 2.7K
    SHARES

  • लुम्बिनी वल्ड स्कुलले असल अभिभाकवत्व र तनाव व्यवस्थापन तालिम दिने, धार्मिक गुरु प्रोफेसर पत्री प्रभु आउने

    बुटवल,चैत्र १५ ।

    रुपन्देहीको तिलोत्तमा १३ मधवलियामा रहेको लुम्बिनी वल्र्ड स्कुलले असल अभिभावकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्ने भएको छ । आगामी शनिवार धार्मिक गुरु तथा प्रोफेसर पत्री प्रभुले अभिभावकत्व तथा तनाव व्यवस्थापन तालिम दिने विद्यालयले जनाएको छ।

    विद्यालयका अध्यक्ष योगेश घिमिरेले अभिभावक र विद्यार्थीको सामिप्यता बढाउँदै विद्यार्थीको स्तरअनुसार विद्यालयले पठनपाठनमा जोड दिँदै आएको बताए।कक्षाकोठामा विषयवस्तुको पठनपाठनसँगै विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमै अभ्यस्त बनाउने गरिएको घिमिरेको भनाई छ।

    दुईवर्ष पहिले १ सय ५६ विद्यार्थीबाट पठनपाठन शुरु भएको विद्यालयमा हाल साढे तिनसय विद्यार्थी अध्ययनरत छन् भने आगामी शैक्षिक सत्रमा साढे ५ सय विद्यार्थी पु¥याउने लक्ष्य रहेको घिमिरेले बताए।साढे ३ विगाह क्षेत्रमा भौतिक रुपमा सुविधा सम्पन्न रहेको विद्यालयमा ८० करोड लगानी पुगेको छ।scl.png

    विद्यालयका प्राचार्य विष्णु ढकालले पछिल्लो समय बालबालिकाहरुको उमेर बढ्दै जाँदा अभिभावक र विद्यालयसँगको दुरी बढाउँदै लैजाने गरेको उल्लेख गर्दै यस्ता तालिमले अभिभावक र शिक्षकसँग बालबालिकाको दुरी कम हुने बताए।उनले समयको परिवर्तनसँगै बालबालिकाहरुका चाहना र क्षमतामा समेत परिवर्तन आउने भएकोले अभिभावक र शिक्षकहरुले बालिकाकाका चाहना र क्षमता बुझ्न सक्नुपर्ने बताए।

    विद्यालयमा पुस्तकालय, स्वीमिङ पुल, क्याप्टेरिया, फुटसल, बास्केट बल कोर्ट रहेका छन्। यस्तै, पठनपाठन र प्रयोगात्मक सिकाईसँगै, नृत्य, मार्सलआर्ट, म्युजिकमा समेत विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन्।विद्यालयका अध्यक्ष घिमिरेले काठमाण्डौं भन्दा बाहिर शैक्षिक क्षेत्रमा नयाँपन दिनका लागि विद्यालय संचालन गरिएको दावी गरे। रुपन्देहीका १४ जना उद्योगी व्यवसायीहरुको लगानी रहेको विद्यालयमा ८६ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन्।

    पहिलाे वर्ष प्ले ग्रुपदेखि सात कक्षा सम्मका विद्यार्थीहरुलाई भर्ना गरिएकोमा गतवर्ष कक्षा आठ र आगामी वर्ष कक्षा १० सम्मको पठनपाठन हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology