तिलोेत्तमा,साउन २७ ।
तिलोेत्तमा—१३, मधवलियास्थित लुम्बिनी वल्र्ड स्कुलमा नमूना निर्वाचन कार्यक्रम सम्पन्न गरी बालक्लबको गठन भएको छ ।
विद्यालयका सामाजिक विभागका शिक्षक कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा गठित ६ सदस्यीय निर्वाचन आयोगले कक्षा १ देखी ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई उक्त निर्वाचन सम्पन्न गराएको थियो ।
गठित निर्वाचन आयोगले बालक्लबका पदाधिकारीहरुको साथै विद्यालयमा रहेका ४ सदनका नेतृत्वकर्ता पदहरु, अध्यक्ष र उपाध्यक्षका लागि पनि हरेक सदनका विद्यार्थीहरूलाई आ*आफ्नो सदनको बुथमा लामबद्द गराई मतदान प्रक्रियाद्वारा नेतृत्व चुन्ने अवसर श्रृजना गराएको थियो ।
हरेक कक्षाबाट (१ देखि ९) एक—एक जना प्रतिनिधि चुनिने गरी सम्पन्न मतदानबाट बालक्लबको अध्यक्षमा सन्दर्भ पाठक निर्वाचित भएका छन् । साथै चार सदनहरु सगरमाथा, ल्होत्से, मनास्लु र मकालुबाट पनि एक एक जना अध्यक्ष र एक एक जना उपाध्यक्ष निर्वाचित भएको स्कुल निर्वाचन समितिले जनाएको छ ।
झट्ट हेर्दा नेपाल सरकारको निर्वाचन आयोगले गर्ने आम निर्वाचनको झल्को दिने गरी सम्पन्न उक्त निर्वाचनमा सम्पूर्ण चुनावी प्रक्रियाहरू अपनाईएको थियो ।
यो निर्वाचनको उद्देश्य नेतृत्व चुन्ने मात्र नभई गरेर सिक्ने भन्ने मन्त्रकासाथ अगाडि बढिरहेको लुम्बिनी वल्र्ड स्कुलको मूल मान्यतालाई स्थापित गर्न विद्यार्थीहरूमा नेतृत्व विकास गर्नु, तथा शैक्षिकसत्र भरि विभिन्न शैक्षिक र अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूको संयोजन र सहभागिताको लागि उत्प्रेरणा मिलोस् भन्ने थियो ।
निर्वाचन सम्बन्धि विषयवस्तु सामाजिक तथा मानवमूल्य शिक्षा विषय अन्तर्गत पाठ्यक्रममा पनि रहेको हुँदा सोसँग सम्बन्धित पाठ्यसामग्री प्रयोग गर्दै निर्वाचन पूर्ण निष्पक्ष र गोप्य मतदान प्रक्रियामा प्रत्यक्ष रूपमा विद्यार्थीहरू सहभागी हुन पाउँदा अत्यन्तै हर्षित र प्रफुल्ल देखिन्थे ।
निर्वाचनको पर्यवेक्षकको रूपमा विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले भूमिका निर्वाह गर्नुहुर्दैं निर्वाचन स्वच्छ वातावरणमा विद्यार्थीहरूलाई सिक्ने मौका प्रदान गर्दै सम्पन्न भएको बताउनुभएको थियो ।
कार्यक्रम सम्पन्न गर्नको लागि सह–प्राचार्यद्धय रमेशमणी सुवेदी र लजिता शर्मा तथा सम्पूर्ण शिक्षक शिक्षिकाहरू, विद्यार्थी स्वयंसेवक र अन्य कर्मचारीहरूको पनि महत्वपूर्ण भूमिका रहेको थियो ।
प्रथम त्रैमासिक अवधिको अन्त्यको अवसरमा विद्यालयमा निर्वाचनका अतिरिक्त विद्यार्थीहरूलाई श्रावण २३ र २४ गते दुई दिन अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरू तथा खेलकुद जस्तै चित्रकला, टेवलटेनिस, बास्केटवल, व्याडमिन्टन, सङ्गीत आदिमा पूर्णरूपमा सहभागी गराइएको थियो । साथै फुटसल र पौडीमा विद्यार्थीहरू बिच प्रतियोगिता गराई प्रतिस्पर्धा गराइएको थियो ।
लुम्बिनी वल्र्ड स्कुल, गरेर सिक्ने भन्ने मान्यता लाई आफ्नो मुख्य आदर्श मान्दै यो क्षेत्र बाट उदाउन खोजिरहेको एउटा नमुना शैक्षिक संस्था हो ।
विद्यार्थीहरूको पूर्णरूपमा सहभागीता हुनेगरी तथा उनीहरूको वृहत्तर वृत्ति विकास हुने गरी गरिएका माथि उल्लेखित सबै नमुना कार्यक्रमहरूको योजना, व्यवस्थापन र संयोजन विद्यालयका शैक्षिक निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. मीनप्रसाद खनालले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)