Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा ७० करोड लगानीमा लुम्बिनी वल्ड स्कुल संचालनमा

रुपन्देहीमा ७० करोड लगानीमा लुम्बिनी वल्ड स्कुल संचालनमा

  • 18.7K
    SHARES

  • रुपन्देहीमा ७० करोड लगानीमा लुम्बिनी वल्ड स्कुल संचालनमा

    बुटवल,बैसाख ७ ।

    रूपन्देहीको तिलोत्तमा १३ मधवलियामा लुम्बिनी वल्ड स्कुल संचालनमा आएको छ । ११ जना ब्यवसायी तथा शैक्षिक ब्याक्तिहरुको संयुक्त लगानीमा सो स्कुल संचालनमा ल्याइएको हो ।

    ७० करोडको लगानीमा स्कुल संचालनमा ल्याइएको अध्यक्ष योगेश घिमिरेले नागरिक अनलाइनलाइ बताए ।  साढे ३ बिगाहा जग्गासहितको संरचनामा सो स्कुलको मूल भवन भने निर्माणको चरणमै रहेको छ ।

    उनले भने-‘हामीले पढाइसहित संस्कार समेत सिकाउछौं,स्कुललाइ ब्राण्डिङ गर्दै नम्बर वान बनाउने गर्ने लक्ष्य छ । स्कुलमा स्विमिङ,बास्केटबल,भलिवल,फुटसल लगायतका खेल खेल्न मिल्ने मैदान समेत तयार पारिएको छ । 

    अन्तराष्ट्रिय बजारमा पुगेर दक्षता हासिल गरेर फर्किएका शिक्षक-शिक्षिकाहरूले अध्ययन अध्यापन गराउने साे स्कुल यसक्षेत्रकै नमुना बन्ने उनकाे दाबि छ ।

    अहिले सो छेउमै नयां भवन निर्माण गरेर  ,कक्षा १ देखि ८ सम्म पठनपाठन शुरु गर्ने तयारी गरिएको हो । २५ जना शिक्षकशिक्षिका रहेको स्कुलले रुपन्देहीका बिभिन्न स्थानमा पुगेर सरोकारवालासंग छलफल अन्तरक्रिया गरिरहेको छ  ।

    बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने स्कुलमा अहिले १६० जना बिद्यार्थीको मात्रै भर्ना लिइने प्रिन्सिपल बिष्णुप्रसाद ढकालले बताए ।

    सो स्कुलमा ९ बजे लगेपछि बिद्यालयले नै खाजा,खाना,नास्ता खुवाउने छ । रुपन्देहीमा उच्च स्तरिय ,सुविधाजनक बिद्यालय संचालन गरिनु शैक्षिक गुणस्तरमा फड्को मार्ने पक्का भएको महेन्द्रनारायण श्रेष्ठले बताए । 

    बुटवलमा भएको कार्यक्रममा ,अध्यक्ष योगेश घिमिरे,गोपाल टण्डन,बिजयकुमार गुप्ता लगायतले बोलेका थिए । अध्यक्ष घिमिरेले बिद्यार्थीलाइ एक हप्तामा परिवर्तन गरेर देखाउने दाबि गरे ।

    LWS PHOTOS.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology