बुटवल,चैत्र ९ ।
ग्लोबल आइएमइ बैंक भैरहवा शाखाले डिजिटल बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गराउने उद्धेश्यका साथ ग्लोवल मनि विइक अन्तरर्गत साक्षरता कार्यक्रम गरेको हो । आफ्ना ग्राहकहरुलाई बित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्वन्धी प्रशिक्षण प्रदान गरेको छ । मर्चवार आदर्श बहुमुखी क्याम्पस कोटहीमाई एक कार्यक्रमको आयोजना गरी आफ्नो ग्राहकहरुलाई आज उक्त प्रशिक्षण प्रदान गरेका हुन ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक प्रेम सागर अग्रहरि अप्रेसन इन्चार्ज रुपा ज्ञवाली कर्जा शाखाकी मनिषा बोहराले प्रशिक्षण प्रदान गर्नु भएको थियो । सो क्रममा ग्राहकहरुलाई बैंकले उपलब्ध गराउँदै आएका विभिन्न डिजिटल सेवाहरु कसरी प्रयोग गर्ने उक्त सेवाहरुबाट हुने सुविधा तथा जोखिमका बारेमा प्रयोगात्मक रुपममै प्रशिक्षण गराइएको थियो ।
बैंकले देशभरका सबै ग्राहकहरुमाझ डिजिटल सेवाको पहुँचताका साथै बित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले यो अभियान संचालन गरेको हो कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरि १ सय ३० जना सहभागी थिए ।
सबैका लागि बैंक भन्ने नारा सहित स्थापित ग्लोबल आईएमई बैंकले हाल देशभर ३ सय ५५ शाखा, ३ सय ७८ एटिएम, २ सय ७५ शाखा रहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन काउन्टर सहित ११ सय सेवा केन्द्रबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकको बेलायत, भारत र अस्ट्रेलियामा प्रतिनिधि कार्यालय समेत रहेको छ । ७७ जिल्लामा बैंकका झण्डै ४७ लाख सेवाग्राही छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)