बुटवल,फागुन १२ ।
विद्युतीय सवारी साधानको रुपमा नेपालको शिर्षस्थानमा रहेको शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुम बुटवलमा स्थापना भएको छ । शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे ।
शुभारम्भ कार्यक्रममा बोल्दै उनले विद्युतीय साधनको उपभोगले नेपालमा बर्षैने अरबौंको पेट्रोल डिजेल आयातबाट गुमाउनुपर्ने राजवश्व जोगीने बताए । उनले गाडी विक्री मात्रै नभएर यसको बेला बेलामा सर्भिस, स्पेयस पाट्सको प्रायाप्त उपलब्धता हुनुपर्नेमा समेत जोड दिएका थिए ।कार्यक्रममा बोेल्दै नाडा रुपन्देहीका अध्यक्ष गणेश भट्राईले बुटवलमा विद्युतीय गाडीको रुपमा शेरेसको उपस्थिीति आफैमा महत्वपूर्ण भएको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले सवारी साधानमा प्रयोग हुने ईन्धनको कारण नेपालले अरबौ रुपैयाँ गुमाउनुपर्ने अवस्था विद्यमान रहेको भन्दै यसलाई विद्यूतीय साधानले प्रतिस्थापन गर्नुपर्ने बताएका थिए ।कार्यक्रममा एम ए डब्लु बृद्धि अटोकर्पका बिजनेश हेड प्रशन्न पन्तले शेरेर गाडी अमेरिकी टेक्नोलोजी अनुसार चीन मा उत्पादन हुदै आएको गाडी भएको बताएका थिए ।
कार्यक्रममा ईएम मोटर्स का निर्देशक राजेश घिमिरेले बुटवलमा शोरुम उद्घाटन संगै कम्पनीको गाडीको शेल्स, सर्भिस तथा स्पेयर्स पाट्समा अन्य कही कतै जान नपर्ने गरी सेवा प्रवाह गर्ने बताएका थिए ।
शेरेरको ब्रान्ड फाईनान्स् अटामेटिभ उद्योगले सन् २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमाबोईल ब्रान्डको रुपमा मान्यता दिएको छ ।जसको बजार मुल्य १३ लाख ९९ हजार, १६ लाख ४९ हजार, १७ लाख ९९ हजार रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)