काठमाडाैँ,माघ १८ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबारदेखि लागु हुने गरी डिजेल, मटितेल, पेट्रोल र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटरमा चार रुपियाँ, डिजेल-मटितेल प्रतिलिटरमा दुई÷दुुई रुपियाँ र ग्यास प्रतिसिलिन्डरमा १५ रुपियाँ मूल्य बढाएको हो ।
इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले बुधबार पठाएको नयाँ मूल्य अनुुसार पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर चार रुपियाँ ५३ पैसा र ग्यास प्रतिसलिन्डर १५ रुपियाँ ७८ पैसा मूल्य बढेर आएकाले सोही अनुसार स्थानीय बजारमा मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार बजारमा पेट्रोल प्रतिलिटर १७० रुपियाँ, डिजेल÷मटितेल प्रतिलिटर १५८ र ग्यास प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ पुुगेको छ ।
हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले निगमले सोही अनुसार आन्तरिक बजारमा मूल्य बढाएको जनाएको छ । दुुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा घट्दै आएको पेट्रोलियम पदार्थको मूल्य अहिले आएर बढ्न गएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)