बुटवल,माघ १७ ।
पाँच करोड आर्थिक संकलन गर्ने उद्धेश्यसहित दाङमा जारी मानव सेवा आश्रमको महायज्ञमा दाताहरूको संख्या बढ्दै गएको छ ।
तुलसीपुरको अरणीको मैदानमा माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन गरिएको मानव सेवा आश्रम निर्माणार्थ सञ्चालन गरिएको महायज्ञको पाँचौ दिनको मध्यान्ह् सम्म नगद ५० लाख ५६ हजार ३ सय ६८ रुपैया सहयोग प्राप्त भएको छ । स्थानीय सरकार तथा संघसंस्थाहरुको प्रतिबद्धताबाट १ करोड ६३ लाख ८१ हजार ८ सय ८८ रुपैया प्राप्त हुने भएको छ ।
नगद र प्रतिद्धता समेत गरि २ करोड १४ लाख ४५ हजार २ सय ५६ रुपैया आर्थिक सहयोग प्राप्त भएको आर्थिक उपसमितिले जानकारी दिएको छ ।
महायज्ञमा सबैभन्दा बढि लायन्स क्लव अफ ईन्टरनेशनलबाट १ करोड २३ लाख, तुलसीपुर उपमहानगरपालिकाबाट ५ कोठा भवन निर्माणका लागि २५ लाख ५५ हजार ५ सय ५५ रुपैया, लुम्बिनी प्रदेश सभासदस्य रेखा शर्माले ५ लाख ११ हजार १ सय ११,दंगीशरण गाँउपालिका ५ लाख ११ हजार १ सय ११ र शान्तिनगरगाँउपालिकाबाट ५ लाख ११ हजार १ सय ११ हजार रुपैया भवन निर्माणार्थ रकम उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भईसकेको छ ।

पाँचौ दिन सम्मको आर्थिक सहयोग प्राप्तीको अबस्थालाई दृष्टिगत गर्दा ५ करोड भन्दा बढि रकम संकलन हुने देखिएको मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिइन् । योगदान कक्षमा आर्थिक सहयोग गर्नेहरुको उत्साहजनक भीड देखिएको छ ।
महायज्ञ स्थलको पण्डालमा ठुलो संख्यामा रहेका धर्मालम्वी तथा दर्शनार्थीहरुको पाचौ दिन भरिभराउ रहेको छ । भागवत भाष्कर कमलनयन गौतमको कथावाचनको शैलीले मग्नमुग्ध भई रमाई रहेका महिला तथा पुरुषहरु दिनभर नाचगान गरेर गरेका छन् ।
मंगलबार चौथो दिन झण्डै २५ सय बढीको उपस्थीति रहेको आकलन गरिएकोमा पाचौ दिन बुधबार उक्त संख्या भन्दा बढी उपस्थीति रहेको मुल आयोजक समितिले बताएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)