Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

भैरहवा भन्सार कार्यालयमा सर्भरको समस्या समाधान गर्न आग्रह

भैरहवा भन्सार कार्यालयमा सर्भरको समस्या समाधान गर्न आग्रह

  • 1.2K
    SHARES

  • भैरहवा भन्सार कार्यालयमा सर्भरको समस्या समाधान गर्न आग्रह

    भैरहवा, माघ ११ ।

    भन्सारमा व्यापार सहजीकरणका लागि सबै तर्फबाट सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।भैरहवा भन्सार कार्यालयमा सेवाग्राहीले सर्भरको समस्या समस्या समाधान गरी भैरहवा भन्सार नेपालकै नमूना भन्सार कार्यालय बनाउन आग्रह गरे ।

    ७२ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले आयोजना गरेको व्यापार सहजीकरण सम्बन्धी छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले स्थलमार्ग हुँदै नेपालमै धेरै पर्यटक भित्रिने बेलहिया नाकालाई व्यवस्थित र पर्यटनमैत्री बनाउनुपर्ने माग गरे ।
    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योग बन्द भइरहेकाले कच्चापदार्थ आयात नहुँदा भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताए ।

    नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले बेलहिया सीमा नाका सामान मात्रै नभएर पर्यटक समेत आउने नाका भएको बताउँदै पर्यटकलाई सकारात्मक प्रभाव पार्नुपर्ने सुझाव दिए । नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले भन्सार कार्यालयमा सर्भर डाउनको समस्याले सेवाग्राही पीडित बनेको बताए ।

    बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईले अवैधरुपमा सामान नेपाल आयात गर्ने कार्यलाई निरुत्साहित गर्न सीमा नाकामा कडाइ गर्नुपर्ने माग गरे ।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले भन्सारमा लाइन नलागी क्यूआरबाट नै राजस्व तिर्ने व्यववस्था सुझाव दिए ।

    नेपाल भन्सार एजेण्ट महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा. शान्त कुमार शर्माले राजस्व बढाउन भैरहवा भन्सार कार्यालयको ध्यान जानुपर्ने सुझाव दिए ।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले मुलुकले आयात भन्दा बढी निर्यात गर्नुपर्ने बताए ।लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले कसैलाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए । भैरहवा भन्सार कार्यालयका कम्युटर अधिकृत नारायण प्रसाद भण्डारीले भन्सार सहजीकरणका विषयमा बोलेका थिए ।

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले प्रभावकारी सेवाका लागि लागिरहेको बताए । भन्सारले गरेको प्रगतिको बारेमा बताउँदै भन्सारमा भएका समस्यालाई समाधान गर्न लागिरहने प्रतिवद्धता व्यक्त गरे ।रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अब अनुगमनमा जाने बताए । भएका नीति नियमलाई कार्यान्वयन गर्ने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology