Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेसको निष्कर्ष : ओलीले देशको संविधानको चीरहरण गर्दै संसद विघटन गरे

काँग्रेसको निष्कर्ष : ओलीले देशको संविधानको चीरहरण गर्दै संसद विघटन गरे

  • 3.7K
    SHARES

  • काँग्रेसको निष्कर्ष : ओलीले देशको संविधानको चीरहरण गर्दै संसद विघटन गरे

    बुटवल,पुस ५-

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ । आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भत्सर्ना गरेको हो । 

    बैठक पछि पत्रकारहरुसँग संक्षीप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्तिरता तिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा काम भएकाले सडकबाट सामना गर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनैपनि हालतमा वैधानिक छैन । नेपालको संविधानलाई चीरहरण गरिएको छ ।

    आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भत्सर्ना गर्दछ । यसले राष्ट्रलाई अस्थिरता तिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजाने छ । यो अत्यन्त निन्दनिय काम भयो हामी यसको समाना गछौं ।’

    यस्तै नेता रमेश लेखकले संसद विघटन गरिएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताए ।उनले भने, ‘हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भयो ।

    हामीले यो कदम लोकतान्त्रिक मूल्य र मान्यताका प्रतिकुल, संवैधानिक व्यवस्थाका खिलाप नेपाल कम्युनिष्ट पार्टीको सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य हो भन्ने हाम्रो बैठकले ठहर गरेको छ ।’ 

    आगामी दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बताए । 

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology