बुटवल,पुस ५-
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको घाेषणा गरेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर तथा श्रम तथा राेजगार मन्त्री रामेश्वर रायले राजीनामा दिएका हुन् ।
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)