कौरव खत्री/ गुल्मी,मंसिर२५ ।
बागलुङको पाण्डवखानी माध्यमिक विद्यालयमा बृहत आर्थिक सहयोग संकलन अभियान तिव्र रूपमा अगाडी बढिरहेकाे छ ।गलकाेट नगरपालिका १० पाण्डवखानी स्थित रहेको पाण्डवखानी माध्यमिक विद्यालयको हिरक जयन्ती महोत्सवको अवसरमा विद्यालयलाई विभिन्न व्यक्तिहरुबाट हालसम्म करिव २ कराेड बराबरको सहयोग भएकाे पाण्डवखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा प्राविधिक धारसहितको उच्च शिक्षाको जग बसाल्ने मुख्य लक्ष्यका विद्यालय स्थापना भएको ६२ ओैँ वार्षिकोत्सव तथा हीरक जयन्ती अवसरमा “समय सापेक्ष गुणस्तरीय शिक्षा; सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा ” भन्ने मुल नारा सहित यहि मंसिर २९ गते देखि पाैष ३ गतेसम्म विद्यालयमा हीरक जयन्ती महोत्सव मनाउन गइरहेकाे पाण्वबखानी माध्यमिक विद्यालय प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।
साथै हिरक जयन्ती महाेत्सवका अवसरमा हिज्जे प्रतियोगिता, गणित दौड, हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता,पूर्व विद्यार्थीवीच मैत्रीपूर्ण भलिवल तथा व्याडमिन्टन प्रतियोगिता,विशिष्ट राष्ट्रिय व्यक्तित्वबाट बृहत शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम,दानवीर सम्मान, विशिष्ट सामाजिक प्रतिष्ठा र ख्याती कमाएका पूर्व विद्यार्थी सम्मान, भवनदाता सम्मान, छात्रवृत्तिदाता र अक्षयकोषदाता सम्मान, अमूल्य योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान लगायत राष्ट्रिय कलाकार तथा स्थानीय घाटु, सोरठी, यानीमाया, ठाडो भाका सहित विद्यार्थीहरूका साँस्कृतिक प्रस्तुतिहरू सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।त्यस्तै २०१८ सालमा स्थापना भएकाे विद्यालयमा हाल भने कक्षा १२ सम्मका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)