कौरव खत्री/ बागलुङ,मंसिर २०।
बागलुङको गलकाेट नगरपालिका १० स्थित पाण्डवखानी माध्यमिक विद्यालयकाे लागि एकै व्यक्तिले राम्रो सहयोग दान गर्नु भएकाे छ ।
हिरक जयन्ती महोत्सवको अवसरम गलकाेट नगरपालिका वडा नं. १० पाण्डवखानी निवासी हाल बेलायत यूकेलाई कर्मथलाे बनाउदै आउनु भएका पाण्डवखानी समाज यूकेका अध्यक्ष एवम् हीरक जयन्ती महोत्सवका सह-संयोजक तथा पाण्डबखानी माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समेत रहनु भएका समाजसेवी एवम् शिक्षाप्रेमी खडकराज थापाले पाण्डवखानी माध्यमिक विद्यालयकाे लागि पाँच लाख,पचपन्न हजार,पाँच सय,पचपन्न रूपैयाँ आर्थिक दान सहयोग गर्नुभएको पाण्डवखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नर बहादुर सुनार नविनले जानकारी दिनुभयो ।
साथै सहयोगदाता थापा विगत लामो समयदेखि बेलायतमा रहेर शिक्षा,संस्कृति र समाज रूपान्तरणमा गहिरो अभिरुचि राख्ने गर्नुहुन्छ ।त्यस्तै हाल बेलायतमा विभिन्न पेसा व्यवसाय राेजगारी गर्दै आउनुभएका बाग्लुङबासीहरूलाई एकताबद्ध बनाएर जन्मभूमिकाे सेवा र विकासकाे निम्ति थापा निरन्तर सहयोग पुर्याउन तल्लीन रहिरहनु भएकाे छ । थापा रमुवा निम्न माध्यमिक विद्यालय पाण्डवखानीका भूतपूर्व स्थायी शिक्षक समेत हुनुहुन्छ ।
साथै उहाँकाे भाई हाल हङकङमा रहनु भएका मन बहादुर बुढाले पनि विद्यालयलाई २ लाख सहयोग दान गर्नु भएकाे छ ।भने अन्य पारिवारिक सहयोग समेत जुट्ने क्रममा रहेको विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।
साथै विद्यालय स्थापना भएको ६२ओैँ वार्षिकोत्सव तथा हीरक जयन्ती महाेत्सवको अवसरमा “समय सापेक्ष गुणस्तरीय शिक्षा; सुदृढ र सक्षम विद्यालय हाम्रो इच्छा ” भन्ने मुल नारा सहित यहि मंसिर २९ देखि पाैष ३ गतेसम्म विद्यालयकाे वार्षिकोत्सव तथा हिरक जयन्ती महोत्सव गर्न लागिएको हाे ।
साथै हालसम्म विद्यालयकाे करिव डेढ कराेड आर्थिक दान सहयोग जुटेकाे विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो । साथै सहयोगदाता खडकराज थापालाई विद्यालय परिवारले हार्दिक आभार सहित धन्यवाद दिएकाे छ ।
साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने तथा प्राविधिक धारसहितको उच्च शिक्षाको जग बसाल्ने मुख्य लक्ष्यका साथ हीरक जयन्ती महोत्सव मनाउन गइरहेकाे विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।
साथै हीरक जयन्ती महाेत्सवका अवसरमा हिज्जे प्रतियोगिता, गणित दौड, हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता,पूर्व विद्यार्थीवीच मैत्रीपूर्ण भलिवल एवम् व्याडमिन्टन प्रतियोगिता,विशिष्ट राष्ट्रिय व्यक्तित्वबाट बृहत शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणामूलक कार्यक्रम,दानवीर सम्मान, विशिष्ट सामाजिक प्रतिष्ठा र ख्याती कमाएका पूर्व विद्यार्थी सम्मान, भवनदाता सम्मान, छात्रवृत्तिदाता र अक्षयकोषदाता सम्मान, अमूल्य योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान लगायत राष्ट्रिय कलाकार तथा स्थानीय घाटु, सोरठी, यानीमाया, ठाडो भाका सहित विद्यार्थीहरूका साँस्कृतिक प्रस्तुतिहरू सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक सुनारले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)