बुटवल,पुस ४-
शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ११ ले स्थापना दिवसको अवसरमा खाद्यान्य वितरण गरेको छ ।
तिलोत्तमा ६ स्थित अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवी अनाथ आश्रमलाई सहकारीले स्थापना दिवसको अवसरमा खाद्यान्य वितरण गरेको हो । सहकारीका अध्यक्ष हरीप्रसाद पौडेल, निबर्तमान अध्यक्ष शालिकराम पौडेलले आश्रम सञ्चालक मैनादेवी भण्डारीलाई खाद्यान्य हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै सहकारीका निवर्तमान अध्यक्ष शालिकराम पौडेलले विगतका बर्षहरुमा जस्तै यस बर्ष स्थापना दिवसको अवसरमा सामाजिक कार्य गरेको बताए । उनले अनाथहरु आश्रित आश्रमलाई आगामी बर्षहरुमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहकारीका अध्यक्ष हरि प्रसाद पौडेलले असहाय, बेसहाराहरुको रहेको आश्रमलाई बार्षिक कार्यक्रम अनुसार सहयोग गरेको बताए । आश्रमकी सञ्चालक मैनादेवी भण्डारीले मुठि दान बाट चलेको आश्रममा अहिले केही सहज भएको भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरिन । उनले आश्रममा आवश्यकता आधारमा सहयोग गर्न आग्रह गर्दै आश्रमको लक्ष्य अनुसार यसै बर्ष अक्षयकोष पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
कार्यक्रममा सहकारीका सल्लाहकार विष्णु कुमार गौतम, कोषाध्यक्ष सुवासचन्द्र ढकाल लगाएतले बोलेका थिए । कार्यक्रम उपाध्यक्ष कुल प्रसाद बस्यालको स्वागत तथा सचिव विष्णु भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)