Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आर.पी आचार्यलाइ उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

आर.पी आचार्यलाइ उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

  • 1.4K
    SHARES

  • आर.पी आचार्यलाइ उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार

    बुटवल,मंसिर १५।

    नेपाल पत्रकार महासंघ रूपन्देहीसंगको सहकार्यमा रूपन्देही उद्योग संघले प्रदान गर्दै आएको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्य (आर.पी) ले पाएका छन् । दुई दशकदेखि पत्रकारितामा आवद्ध आचार्य दैनिकपत्र दैनिक र नेपाल प्रेसमा कार्यरत छन् ।

    संघको ४६औं सथापना दिवस एवं औद्योगिक दिवसको अवसरमा शुक्रबार एक कार्यक्रममा आचार्यलाई पुरस्कृत गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालदेखि वितरण हुंदै आएको पुरस्कारको राशी ४६ हजार एक सय रुपैयाँ रहेको छ ।

    लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री एवम् प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, संघका अध्यक्ष दिलिप सापकोटा र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology