Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

  • 3.4K
    SHARES

  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

    बुटवल,पुस ३- 

    प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ। 

    समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गत चैतमा भएको स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको ठहर गर्दै छानबिन गरी कारबाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो। 

    बैठकका निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले को-कसले अनियमितता गर्नुभएको छ छानबिन गरी कारबाही गर्न पत्र पठाउने निर्णय भएको बताए।

    उनले भने, ‘आज माननीय मन्त्रीसँग विभिन्न कोणबाट छलफल भयो। माननीय सदस्यहरूले पनि स्वास्थ्य उपकरण र औषधि खरिदसँग सम्बन्धित कोभिड- १९ सँग जोडिएको मुद्दामा विगत २०७६ सालको चैत महिनामा भएको खरिद प्रक्रियाको सन्दर्भमा विचार विमर्स गर्ने क्रममा समिति के निष्कर्षमा पुग्यो भने यो खरिद प्रक्रिया पूर्ण रूपमा नियमसंगत नभएको कारणले र यसमा विभिन्न पदाधिकारीहरूको संलग्न हुनुहुन्छ।

    उहाँहरू दोषी हुनुहुन्छ। दोषी करार गर्ने अवस्था सिर्जना भएको हुनाले यसको थप छानबिन गरेर को-को दोषी हुनुहुन्छ, कस-कसले अनियमितता गर्नुभएको छ त्यो कुरा पहिचान गरेर कानूनी कारबाही गर्नको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई लेखी पाउने गरी निर्णय भएको छ। त्यो निर्देशन समितिको तर्फबाट आयोगलाई पठाउने छौं र त्यसको अनुसन्धान अगाडि बढ्छ भन्ने हामीलाई लाग्छ।’

    समितिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई बैठकमा बोलाएर स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सम्बन्धमा छलफल गरेको थियो। 

    कोभिड–१९ संक्रमण रोक्न सरकारले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी कम्पनीलाई जिम्मा दिएको थियो। सामग्री खरिद महँगो भएको र अनियमितताको प्रश्न उठेपछि सरकारले त्यसको बचाउ गरेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology