बुटवल,कार्तिक १८ ।
मध्यरातमा बुटवलमा धक्का महशुस भएको छ । भुकम्पको धक्का नेपाल,भारत र चीनमा समेत भएको छ । शुक्रबार मध्यरातमा भुकम्पले धक्का दिएपछि सबैलाई त्रास भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको नागरिक अनलाइनलाइ बताउनुभयो ।
कर्णाली प्रदेशको जाजरकोट रामीडांडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्ननिच्युडको भुकम्प गएको हाे । थप विवरण भने आउन बांकी छ ।
अपडेट समाचार पनि हेराैँ :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)