गुल्मी,कार्तिक १३ ।
गलकोट समाज यूके र बिरकोट कॉडेबास सामाजिक कल्वद्वारा संकलित आर्थिक क्यान्सर पिडितको उपचारार्थको लागि चेक हस्तान्तरण गरिएको छ ।
गलकोट नगरपालिका वडा नं ८ काडेवास विरकोट निवासी क्यान्सर पिडित नानुमाया दर्लामी मगरलाई नगद सहयोग पिडितलाई नगद चेक हस्तान्तरण गरिएको गलकोट समाज यूकेका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
गल्कोट समाज युकेको पहलमा संकलित रू २ लाख,६८ हजार,५ सय,९६ रूपैयाँ र बिरकोट कॉडेबास सामाजिक कल्व युकेबाट संकलित १लाख,४३ हजार गरि संकलन भएको एकमुष्ट रू ४ लाख,११हजार,५सय, ९६रुपैया सहयोग रकम गलकोट समाज युकेका निबर्तमान महासचिव बिष्णु चालिसे र गलकोट समाज युकेका सल्लाहकार तेजिन्द्र बहादुर बुढाथोकीद्वारा पिडितलाई नगद चेक सहयोग हस्तान्तरण गर्नु भएको थियोे ।
लागि अभियानमा सहभागी भएर आर्थिक संकलनमा गलकोट समाज युके ,बिरकोट कॉडेबास सामाजिक कल्व युके, लगायत सम्पूर्ण सहयोगी मनहरूप्रति
गलकोट समाज युकेका संरक्षक रेशम बुढाथोकीले धेरै धेरै धन्यवाद दिनुभयो । साथै भावी दिनहरूमा यस्तै समाजमा रहेका दिन दुस्खी र पिडित बिरामीहरुको सेवामा समर्पित भएर सहयोग गरि रहने जानकारी दिनुभयो ।
साथै गलकोट समाज यूकेले वआफ्नो जन्मभूमि विभिन्न क्षेत्र अन्तर्गत शिक्षा,स्वास्थ्य ,खेलकुद,आगलागी,बाढी पहिरो लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग पुर्याउदै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)