Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

दसैँ अवधिमा सागसब्जीको खपत घट्दा माछाको खपत दाेब्बर

दसैँ अवधिमा सागसब्जीको खपत घट्दा माछाको खपत दाेब्बर

  • 1.3K
    SHARES

  • दसैँ अवधिमा सागसब्जीको खपत घट्दा माछाको खपत  दाेब्बर

    काठमाडाैँ, कात्तिक १०।

    दसैँमा सागसब्जीको खपत घटेको छ भने माछाको खपत बढेको पाइएको छ । पछिल्लो पटक तरकारी, फलफूल, मसला लगायतका वस्तुको खपत घटेको हो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्ला ९ दिनको अन्तरालमा करिब ७६ प्रतिशतले तरकारी, फलफूल लगायतको खपत घटेको हो ।

    दसैँमा उपत्यकाबाट लाखौँको संख्यामा सर्वसाधारण बाहिरिएकाले तरकारी, फलफूल, मसलाजन्य वस्तु लगायतको खपत कम भएको समितिले जनाएको छ । यो अवधिमा हरियो तरकारीभन्दा माछा–मासुको खपत बढी पाइएको छ ।कार्तिक १ गते ४ लाख ३१ हजार ६ सय ४१ किलो तरकारी, फलफूल, मसलाजन्य वस्तु  बजारमा आपूर्ति भएको थियो ।

    नौ दिनको अन्तरालमा ३ लाख २९ हजार ९ सय ६८ किलोले घटेर १ लाख १ हजार ६ सय ७३ किलोमात्रै ती वस्तुको आपूर्ति भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।नौ दिनअघि ३ लाख ६५ हजार ९ सय ५४ किलो तरकारी कालीमाटीमा आपूर्ति भएकोमा बिहीबार ८३ हजार ८ सय ९८ किलोमात्रै आपूर्ति भएको छ । फलफूलको खपत पनि घटेको देखिएको छ । नौ दिन अघि ३७ हजार ९ सय ३९ किलो आपूर्ति भएको फलफूल बिहीबार कालीमाटी बजारमा १४ हजार ५ सय ६५ किलो भित्रिएको छ ।नौ दिनअघि २५ हजार ७ सय ४८ किलो मसलाजन्य वस्तु आपूर्ति भएको थियो ।

    बिहीबार ३ हजार २ सय किलोमात्रै ल्याइएको छ ।हरियो सागसब्जीको खपत घटे पनि माछाको खपत भने यो अवधिमा बढेको छ । कालीमाटी बजारले नौ दिन अघि ७ हजार १ सय ६० किलो माछा आपूर्ति गरेको थियो । तर बिहीबार ८ हजार ५ सय ५८ किलो माछा आपूर्ति गरेको तथ्याङ्कले देखाएको छ । उपत्यकामा नौ दिनमा १ लाख १ हजार ८ सय ७८ किलो माछा खपत भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक १० २०८००४:०६:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology