गुल्मी,कात्तिक ५ ।
अष्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्रको आयोजनामा दशैँको अवसरमा लगाइएको बृहत नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ मा दिनानुदिन राम्रो आर्थिक जुट्दै गएको छ ।
“गाँउ गाँउबाट उठौ,बस्ती बस्तीबाट उठौँ मेलवर्न सप्ताह सफल बनाउन सबै नेपाली एक भै जुटौँ”भन्ने मुल नारा सहित अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र लेसञ्चालन गरेको नवाह ज्ञान महायज्ञ सप्ताह भाग २ को सातौं दिनसम्म अष्ट्रेलियन डलर ५ लाख,५० हजार डलर अर्थात नेपाली रूपैयामा झन्डै ५ करोड आर्थिक सहयोग संकलन भएको अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
साथै ज्ञान महायज्ञ सप्ताहको सातौंदिन पनि सप्ताहमा चन्दादाता सम्मान,कथा बाचन, कलाकारहरूद्वारा भजन किर्तन, झाकी प्रस्तुत गरिएको केन्द्रका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।साथै गत असोज २८ गतेदेखि शुरू गरिएको ज्ञान महायज्ञ यहीँ कार्तिक ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
अष्ट्रेलियाको मेलवर्न १०० डन्कन्स लेन, डिगर्स रेस्ट स्थित आफ्नै जग्गामा ज्ञान महायज्ञ सप्ताह भाग २ चलिरहेको छ । साथै महायज्ञ दैनिक हप्ताको सोमवार देखि शुक्रवारसम्म दिउँसो ४ देखि साढे ८ बजेसम्म एवंम् शनिवार र आइतवार दिउँसो २ बजेदेखि साँझ साढे ८ सम्म ज्ञान महायज्ञ सप्ताह हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै आरती समय भने साँझ ७ः३० बजेको रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)