Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी चिनाउन उपल्लो तम्घासमा पहिलाेपटक महोत्सव हुँदै

गुल्मी चिनाउन उपल्लो तम्घासमा पहिलाेपटक महोत्सव हुँदै

  • 3.4K
    SHARES

  • गुल्मी चिनाउन उपल्लो तम्घासमा पहिलाेपटक महोत्सव हुँदै

    बुटवल,असाेज ३० ।

    गुल्मीको उपल्लो तम्घासमा महोत्सव हुने भएको छ । गुल्मी उद्योग संघ स्थापना भएको छोटो समयमै संस्थागत रूपमा प्रथम पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष नवराज भुसालले बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

    कात्तिक १५ गतेदेखि २५ गतेसम्म उपल्लो तम्घासको खालाका चौरमा महोत्सव सञ्चालन गरिने मेलाले कृषि, पर्यटनको क्षेत्रमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमार्फत् स्थानीय उत्पादन पनि प्रवर्द्धन गरिने भुसालले बताए । गुल्मी के हो भनेर चिन्ने अवसर सबैले प्राप्त गरून् भन्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनको भनाई छ ।

    भुसालले भने-‘बिदामा घर आएको बेलामा गुल्मी के हो भनेर पढ्न सकून् भन्ने उद्देश्य छ । सिजनका उत्पादन र मेला पर्वको उत्साहलाई महोत्सवमा जोड्न खोजिएको हो।’ महोत्सव सञ्चालन गर्न लागिएको स्थानमा तम्घासस्थान मन्दिर पनि छ । लाखौंको आस्थासँग जोडिएको यसमन्दिरको प्रचार गर्ने भन्दै रेसुंगा नगरपालिकाले शुभारम्भ गरेको ‘जाऊँ हिँड रेसुंगा’ अभियानलाई सहयोग पुर्याउने उद्देश्य राखिएको वरिष्ठ उपाध्यक्ष जनक पन्थले जानकारी दिए ।

    पन्थ अनुसार स्थानीयका लागि स्टलमा ३० प्रतिशतछुट दिइनेछ । स्थानीय तहलाई एकरएकवटा स्टल दिइनेछ । एक लाख अवलोकनकर्ता सहित ६० करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology