Logo बिहिवार, आश्विन १ गते २०८३
images

 क्रसर र रेडिमिक्स प्लान्ट बन्द गराउन स्थानीयले दिए निवेदन

 क्रसर र रेडिमिक्स प्लान्ट बन्द गराउन स्थानीयले दिए निवेदन

  • 2.3K
    SHARES

  •  क्रसर र रेडिमिक्स प्लान्ट बन्द गराउन स्थानीयले दिए निवेदन

    बुटवल,असाेज २७ ।

    पाल्पाको तिनाउ गाउँपालिकामा कानुन विपरीत क्रसर प्लान्ट सञ्चालन गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।दोभानको धापगाउँमा सञ्चालित क्रसर प्लान्टले वातावरण विनाश गरेको स्थानीयको दाबी छ । उनीहरूले उक्त प्लान्टलाई बन्द गर्न माग गर्दै तिनाउ गाउँपालिकामा उजुरी दिएका छन् । 

    चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले जडान गरेको  क्रसर र रेडिमिक्स प्लान्ट बन्द गराउन स्थानीयले निवेदन दिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । creserr.jpg

    सिद्धबाबा सुरुङ मार्ग परियोजना अन्तर्गतको कम्पनीले निर्माण सामग्री उत्पादनका लागि उक्त प्लान्ट जडान गरेको हो । जुनसुकै आयोजना सञ्चालन गर्नु पूर्व वातावरण प्रभाव मूल्याङ्कन गर्नु पर्ने भए पनि त्यसो नगरी प्लान्ट सञ्चालन गरिएको जनाइएको छ ।craser.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology