Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

प्रतिबद्ध बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन : राजेन्द्र घिमिरे

प्रतिबद्ध बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन : राजेन्द्र घिमिरे

  • 1.7K
    SHARES

  • प्रतिबद्ध  बचत तथा ऋण सहकारीको अध्यक्षमा पुन : राजेन्द्र घिमिरे

    बुटवल,असोज २१।

    प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था बुटवल ४ को १३औं बार्षिक साधारणसभा तथा पाचौँ अधिवेशनले पुन राजेन्द्र घिमिरेको अध्यक्षतामा नेतृत्व चयन गरेको छ ।

    सहकारीको उपाध्यक्षमा पूर्णचन्द्र अर्याल,सचिबमा भुवन भुसाल,कोषाध्यक्षमा देबीप्रसाद पौडेल, सदस्यहरूमा अमृत घिमिरे,ओमप्रकाश पुरी ,रेनुका गिरी , उमलाल घिमिरे र अनितादेबी थापा चयन भएका छन् । भने लेखा सुपरिबेक्षण समितीमा दिपक पाण्डे,बिष्णु रिजाल र प्रकाश भण्डारी निर्बाचित भएका छन् ।

    यसअघि सहकारीका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख गुणाखर खनालले  सहकारीलाइ उद्यमशीलतातर्फ उन्मुख गर्नुपर्ने बताए ।उनले पहिचान कायम राख्दै प्रतिबद्धले समाज रुपान्तरण र रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले उत्पादनशील सहकारीलाइ सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

    सो अबसरमा सहकारीका संस्थापक अध्यक्ष बिष्णु पुरीले सहकारीका मापदण्डहरु सही ढंगले पालना गरेर अघि बढ्न सुझाव दिए  । कार्यक्रममा अध्यक्ष घिमिरे र कोषाध्यक्ष पूर्णचन्द्र अर्यालको प्रतिबेदन पारित भएको छ । कार्यक्रममा उत्कृष्ट ऋणीलाइ सम्मान गरिएको सचिब भुवन भुसालले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology