Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरियो, छिद्र टालौँ : गगनकुमार थापा

कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरियो, छिद्र टालौँ : गगनकुमार थापा

  • 1.3K
    SHARES

  • कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा गरियो, छिद्र टालौँ : गगनकुमार थापा

    काठमाडौँ ,असाेज १८ ।

    नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा दिने गरिएको भन्दै बलियो कानुन बनाउनुपर्ने बताएका छन् ।  

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले संविधान दिवसका दिन केही व्यक्तिलाई संविधानको मर्म विपरीत र कानुनको छिद्रबाट कैद मिनाहा गरिएको भन्दै सरकारको यस कदमको विरोध गरेका हुन् ।

    उनले सरकारले बदनियतका साथ निर्णय गरेको बताए । उनले गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद मिनाहा गर्नुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए । सार्वजनिक रुपमा प्रश्न उठेको भन्दै उनले यसको जवाफ सरकारले दिनैपर्ने बताए । 

    सांसद थापाले कानुनको छिद्रबाट यस्तो प्रकारको माफी दिइने गरेको भन्दै कानुनी छिद्र टाल्नुपर्ने बताए । यसको लागि अपव्याख्या नहुनेगरी एकीकृत कानुन बनाउनुपर्ने उनले बताए ।सांसद थापाले फागुन ७ गतेभन्दा अगाडी नै कानुन बनाउनुपर्ने र त्यसपछि यस्तो घटना दोहोरिन दिनु नहुने बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology