Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

अखिल छैठौंका विद्यार्थीले बुटवलमा जलाए शिक्षा बिधेयक

अखिल छैठौंका विद्यार्थीले बुटवलमा जलाए शिक्षा बिधेयक

  • 1.6K
    SHARES

  • अखिल छैठौंका विद्यार्थीले बुटवलमा जलाए शिक्षा बिधेयक

    बुटवल,असोज २ ।

    संसदमा प्रस्तुत विद्यालय शिक्षा विद्येयक र शिक्षा मन्त्रीको पुत्ला जलाएको छ । विद्यालय शिक्षा विद्येयक अव्यवहारिक, अबैज्ञानिक र संविधान बिरोधी भएको भन्दै अखिल छैठौंका विद्यार्थीले देशभर विद्येयक जलाएर शिक्षा मन्त्री अशोक राइको पुत्ला दहन गरेका छन् ।

    अखिल छैठौंले रुपन्देहीको बुटवलमा पनि विद्यालय शिक्षा विद्येयक २०८० खारेजी र शिक्षा मन्त्रीको राजीनामा माग गरेको छ । बुटवलमा प्रहरीले दमन गरेपनि अखिल छैठौंमा आवद्व विद्यार्थीले विद्येयक जलाउनुकासाथै शिक्षा मन्त्रीको पुत्ला दहन गरेका हुन् ।बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा बोल्दै अखिल छैठौंका केन्द्रीय सचिव सरोजमान सिंहले विद्यालय शिक्षा विदले नीजि क्षेत्र प्रोत्सान गरी सरकारी शिक्षालाईउपेक्षा गरेको बताउनुभयो ।

    उहांले विद्यालय शिक्षा विद्येयक खारेजगरेर नयां विद्येयक ल्याउन सरकारसंग माग गर्दै संसदमा प्रस्तुत गरि एको विद्यालय शिक्षा विद्येयक २०८० खारेज नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो।

    शिक्षा, स्वास्थ्य क्षेत्र दलाल शैक्षिक माफियाको हातमा गैसकेको बताउंदै निश्चित शिक्षा माफियाहरुको रोहवरमा विद्यालय शिक्षा दलाल शै भयो ।अखिल छैठौं रुपन्देही अध्यक्ष सागर बेलवासेले यो विद्यालय शिक्षा विद्येयक संविधान बिरुद्व आएको बताउंदै खुल्ला प्रतिष्पर्दाबाट शिक्षक नियुक्त हुनुपर्ने बताउनुभयो ।

    शैक्षिक माफियाहरुको माग सम्बोधन गरी सरकारले ल्याएको विद्यालय शिक्षा विद्येयक खारेज नभए संयुक्त आन्दोलमा उत्रने बताउनुभयो ।

    akhil.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन २ २०८००८:१२:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology