Logo बुधवार, श्रावण १३ गते २०८३
images

धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरले प्रश्रय पायो : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरले प्रश्रय पायो : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

  • 1.1K
    SHARES

  • धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरले प्रश्रय पायो : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

    बुटवल,भदौ २६  ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरले प्रश्रय पाएको बताउनुभएको छ ।उहाँले अहिले देश अहिले धार्मिक तथा जातीय द्वन्द्वको मुखमा पुगेको छ कि छैन भन्दै प्रश्न समेत गर्नुभयो ।

    राप्रपा रुपन्देहीले भैरहवामा आयोजना गरेको नबीन राप्रपा कार्ययोजना अन्तरक्रिया तथा बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशमा धार्मिक तथा जातीय द्वन्द्व हुन नदिनका लागि सबै धर्मको बराबर सम्मानको साथ नेपालमा हिन्दू राष्ट्र हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘हिन्दू धर्म मान्ने मानिस होइन इस्लाम धर्म मान्ने मानिसहरु पनि हिन्दू राष्ट्र चाहियो भन्ने अवस्थामा पुगेका छन् ।’ नेपालमा बहुसंख्यक जनताले अर्थात ८१ प्रतिशत भन्दा बढी मानिसले हिन्दू धर्म मान्ने जनगणनाले पनि देखाइसकेको उहाँको भनाइ छ ।

    लिङ्देनले भन्नुभयो, ‘धर्मको महलमा हिन्दू नलेख्ने तर, नेपालमा हिन्दू राष्ट्र चाहिन्छ भन्ने म जस्तो लिम्बुको छोरा लाखौंको संख्यामा छन् । ताहिर अली जस्ता मुसलमान र बुद्धिमान तामाङ जस्तो बौद्ध धर्म मान्ने लाखौं संख्यामा छन् । ’

    अहिले बहुसंख्यक जनता राजतन्त्र चाहिन्छ भन्ने अवस्थामा पुगेको उहाँको दाबी छ ।  जनमत संग्रह गर्ने हो भने ९० प्रतिशत जनता प्रदेश खारेजीको पक्षमा उभिने अध्यक्ष लिङ्दनको दाबी छ ।‘नेपाल शक्ति राष्ट्रहरुको प्रतिष्पर्धास्थल बनेको छ । मुलुक शक्ति राष्ट्रहरुको प्रतिष्पर्धाको शिकार बन्न सक्ने खतरा छ । ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले जनताले कामको मूल्यांकन गरेर दीपक बोहरालाई जिताएको बताउनुभयो ।त्यस्तै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले २०८४ मा राप्रपा देशको अग्रणी शक्तिको रुपमा स्थापित हुने बताउनुभयो ।राप्रपा रुपन्देहीका अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख सागर प्रताप राणाले पार्टीमा अनुशासन जरुरी रहेको उल्लेख गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology