Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तुको चन्द्रौटामा एक महिलाको हत्या

कपिलवस्तुको चन्द्रौटामा एक महिलाको हत्या

  • 2.8K
    SHARES

  • कपिलवस्तुको चन्द्रौटामा एक महिलाको हत्या

    कपिलवस्तु, मंसिर २८-

    कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गएराति हत्या भएको छ।

    चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए। 

    टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले जनाएको छ। हत्याको आशंकामा प्रहरीले डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

    महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको प्रहरी निरीक्षक खरेलले बताए।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, मंसिर २८ २०७७११:३९:२९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology