Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

चिकित्सा शिक्षा क्षेत्रका समस्याको अध्ययन गर्न कार्यदल बनाइने

चिकित्सा शिक्षा क्षेत्रका समस्याको अध्ययन गर्न कार्यदल बनाइने

  • 981
    SHARES

  • चिकित्सा शिक्षा क्षेत्रका समस्याको अध्ययन गर्न कार्यदल बनाइने

    काठमाडौं, भदौ २२ ।

    प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।  शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो ।

    कार्यदल भने समितिको आगामी बैठकमा बनाइने भएको छ । समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गर्न र समाधानका उपायहरु खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराउनु भयो ।

    बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल भएको थियो ।

    समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology