Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

मन्त्रिपरिषद बैठक : दिनेशकुमार घिमिरे सचिवमा बढुवा

मन्त्रिपरिषद बैठक : दिनेशकुमार घिमिरे सचिवमा बढुवा

  • 1.2K
    SHARES

  • मन्त्रिपरिषद बैठक : दिनेशकुमार घिमिरे सचिवमा बढुवा

    काठमाडौं,भदौ १३ । 

    सरकारले दिनेशकुमार घिमिरेलाई सचिवमा बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    यसअघि पनि उनको नाम पटक–पटक सचिवका लागि सिफारिस हुँदै आएको थियो । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिले सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस गरेको थियो । घिमिरेसहित सहसचिवहरु राधिका अर्याल र चुडामणि पौडेल सिफारिसमा परेका थिए । तर, घिमिरे वरिष्ठतामा अघि थिए ।

    सचिव भएका घिमिरेले यसअघि उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालय, प्रधामनन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायतमा सहसचिवका रुपमा काम गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology